बलात्कारको आरोप लागेका तत्कालीन इटहरीस्थित ब्लुमिङ् लोटस इङ्लिस सेकेन्डरी स्कुलका प्रिन्सिपल राज खड्कालाई सुनसरी प्रहरीले शुक्रबार अदालतमा हाजिर गराएको छ ।
घटनापछि फरार रहेका ३६ वर्षीया खड्कालाई विहीबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाट पक्राउ गरि सुनसरी प्रहरीलाई जिम्मा लगाएको थियो । बिहीबार अबेर साँझ मात्र सुनसरी ल्याइएका खड्कालाई शुक्रबार बिहान ११ बजे सुनसरी जिल्ला अदालतमा हाजिर गराइएको थियो । हाजिर गराएपनि बयान लिन समय अपुग भएपछि उनलाई इलाका प्रहरी कार्यालय धरानलाई जिम्मा लगाइएको छ । उनलाई सोमबारसम्म हिरासतमा राखिने छ ।
अब सोमबार खड्काको बाँकी बयान हुने र लगतै थुनछेक बहस हुने सुनसरी जिल्ला अदालतका स्रेस्तेदार मोहन बहादुर अधिकारीले अपराध न्यूजलाई जानकारी दिए ।
इटहरीको ब्लुमिङ् लोटसमा खड्काले २०७२ देखि २०७३ को अन्तिमसम्म प्रिन्सिपल भएर काम गरेका थिए। त्यतिबेला १५ वर्षकी कक्षा ९ मा पढ्ने छात्रालाई होस्टेलमा बसेका बेला पटकपटक बलात्कार गरेको आरोप छ। प्रिन्सिपल खड्काले ती छात्रालाई उपचार गराउन लाने बहानामा धरानको एक होटलमा समेत लगेर जबरजस्ती गरेको खुलेको छ। खड्काले बलात्कार गरेको भिडियो बनाएर ब्ल्याकमेल समेत गरेको युवतीले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेपछि यतिबेला सबैको त्यस घटनाप्रति चासो बढेको छ ।
घटनाको विषयमा पीडित युवतीले जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानमा २०७५ भदौ २ गते जाहेरी दिएकी थिइन्।
सम्बन्धित समाचार :
रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2022 - Aparadh News All rights reserved