धरानमा पुरुषको शव फेला,अनुसन्धानको लागि ट्रयाकर डगको प्रयोग

alt
  • जेठ १२, २०७९
  • अपराध न्यूज

धरान ५ स्थित सेउती खोलाको किनारमा एक पुरुषको शव फेला परेको छ । शवको सनाखत हुन सकेको छैन । शवको प्रकृति हेर्दा शरीरमा चोट र रगत लतपतिएको जस्तो देखिएपछि प्रहरीले शंकास्पद रुपमा घटना अनुसन्धान थालेको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले घटना अनुसन्धानको लागि संघीय प्रहरी इकाई कार्यालय धरानबाट ट्रयाकर डग झिकाइएको अपराध न्यूजलाई जानकारी दिए । 

‘अन्दाजी ३५-४० उमेर समूहको पुरुषको शव भेटिएको हो, शव भेटिएको स्थान देउराली सुन्दर बस्तीदेखि केही मिटर पर हो’ उनले भने ‘हामी अनुसन्धान गर्दैछौ, शव सनाखत गर्ने कोसिस गर्दैछौ ।’ 

प्रत्यक्षदर्शीका अनुसार ति पुरुषको हत्या भएको हुन सक्ने अनुमान गरिएको छ । खोलामा कम गर्न आएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

Mm

सम्बन्धित समाचारहरु

संखुवासभामा एकै परिव ...

संखुवासभाको मादी नगरपालिका–१ उमलिङका एकै परिवारका ६ जनाको हत्या प्रकरणमा ५ जना मध्ये ४ जनालाई ...

१ नं. प्रदेशको डिआइज ...

१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखमा डीआईजी सुदीप गिरी आउने भएका छन् । भर्खरै एसएसपीबाट ...

‘जसले भारतमा ज्यान ज ...

२०७६ मङ्सिरमा घरेलु कामदारको लागि भनेर झापा अर्जुनधारा ७ डाँडागाउँकी ३२ वर्षीया जानुका सुवेदीलाई केह ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved