नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले डीआईजी उत्तमराज सुवेदीसहित पाँच जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवा सिफारिस सूचीअनुसार १ नम्बरमा सुवेदी, दोस्रोमा अरुणकुमार विसी र तेस्रोमा दिवेश लोहोनी छन् । त्यसपछि मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवाका लागि सिफारिस भएका छन् ।
यसअघि डीआईजी वसन्तकुमार लामालाई एआईजीमा एकल बढुवा गरिएको थियो । तर उमेरहदका कारण उनले शनिबारबाटै अवकाश पाइसकेका छन् ।
रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2022 - Aparadh News All rights reserved