ताप्लेजुङमा १७ वर्षीया युवती मृत फेला

alt
  • जेठ ९, २०७९
  • अपराध न्यूज

ताप्लेजुङमा १७ वर्षीया युवती मृत भेटिएकी छन् । फुङलिङ नगरपालिका ३ सिम्लेकी १७ वर्षीया सर्मिला भट्टराई मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आइतबार दिउसोबाट बाख्रा चराउन जंगल गएकी उनि बेलुका साँझसम्म नफर्किएपछि परिवार खोजीमा निस्किएका थिए । बाख्रा बाटोमा भेटेपछि परिवारले खोजी गर्ने क्रममा राति १० बजेतिर मृत भेटिएको र प्रहरीलाई खबर गरेको स्थानीयले जनाएका छन् ।

उनको शव डेढ सय मिटर धसारिएर झरेको पाइएको मृतकका आफन्त विष्णु भट्टराईले जनाए । जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु

संखुवासभामा एकै परिव ...

संखुवासभाको मादी नगरपालिका–१ उमलिङका एकै परिवारका ६ जनाको हत्या प्रकरणमा ५ जना मध्ये ४ जनालाई ...

१ नं. प्रदेशको डिआइज ...

१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखमा डीआईजी सुदीप गिरी आउने भएका छन् । भर्खरै एसएसपीबाट ...

‘जसले भारतमा ज्यान ज ...

२०७६ मङ्सिरमा घरेलु कामदारको लागि भनेर झापा अर्जुनधारा ७ डाँडागाउँकी ३२ वर्षीया जानुका सुवेदीलाई केह ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved