मोटरसाइकल दाइजो नदिए बेहुली लैजान्न भन्ने बेहुला पक्राउ

alt
  • बैशाख २४, २०७९
  • अपराध न्यूज

मोटरसाइकल दाइजो नदिए बेहुली नलैजाने भनेर बिहेको जग्गेमै दबाब दिएको अभियोगमा बेहुला पक्राउ परेका छन्। पक्राउ पर्ने बेहुला झापा गाउँपालिका–४ का २८ वर्षीय डेबिट चौधरी रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए।

उनका अनुसार मेचीनगर–१५ निवासी पुष्पलाल राजवंशीको छोरीसँग  चौधरीको शुक्रबार विवाहको दिन थियो। बिहे सकेर बेहुली अन्माउने बेलामा चौधरीले मोटरसाइकल दाइजो नदिए बेहुली नलैजाने अड्डी कसेका थिए। आर्थिक अवस्था कमजोर रहेका बेहुलीका बुवा पुष्पलालले सम्झाउँदासमेत नमानेपछि विवाह कार्यक्रम बिथोलिएको थियो। अहिले नै दाइजो मागेर तनाव दिनेसँग म बिहे गर्दिन भनेर बेहुलीले भनेपछि पुष्पलालले प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो।

प्रहरी टोलीले बेहुला बनेका चौधरीलाई जग्गेबाटै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ। हाल आरोपितलाई धुलाबारी इप्रकाको हिरासतमा राखिएको छ । पुष्पलालको घरमा शुक्रबार दुई छोरीको एकैदिन विवाह थियो। अर्की छोरीको विवाह दाइजो बेगर नै सम्पन्न भएको छ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ को दफा ७४ मा विवाहमा कुनै लेनदेन गर्न नहुने कानुनी व्यवस्था छ। लेनदेन भन्नाले दाइजोसमेत बुझिन्छ। यस्तो कसुर गर्नेलाई तीन वर्षसम्म कैद वा रु ३० हजार जरिवाना वा दुवै सजाय हुने कानुनमा व्यवस्था छ। रासस

सम्बन्धित समाचारहरु

बलात्कारको आरोपी प्र ...

सात वर्षअघि आफ्नै विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोप लागेका प्रिन्सिपल राज ...

धरानमा पुरुषको शव फे ...

धरान ५ स्थित सेउती खोलाको किनारमा एक पुरुषको शव फेला परेको छ । शवको सनाखत हुन सकेको छैन । शवको प्रकृ ...

बलात्कारको आरोप लागे ...

सात वर्षअघि विद्यालयका प्रिन्सिपलबाटै पटक पटक बलात्कार भएको आरोप लगाएकी इटहरीकी युवतीको घटनामा प्रहर ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved