चैत्र १४ गते इटहरी २ मा बम बिस्फोट गराउने हिमाल सुरक्षा परिषद र कङग्रेन्ट फ्रन्ट अफ नेपाल नाम गरेको सङ्गठनसँग आबद्ध भएको आरोपमा प्रहरीले झापा दमकका उत्तम रिजाललाई पक्राउ गरेको छ ।
उनलाई १ नं प्रदेश प्रहरीको अपराध अनुसन्धान गर्ने आरआईटी टिमले दमकबाट मंगलबार राती दमकबाट पक्राउ गरेको हो । रिजाललाई इलाका प्रहरी कार्यालय इटहरी बुझाइएको छ । उनको इटहरीबाटै मुद्दा चल्ने जनाइएको छ ।
विशेष गरि हिमाल सुरक्षा परिषदका मुख्य योजनाकार खगेन्द्र खरेलसँग बम बिस्फोट गराउने कार्यमा रिजालको समेत भूमिका रहेको आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्र खड्काले अपराध न्युजलाई जानकारी दिए ।
‘झापामा समेत यो समूहले बम राख्ने देखि इटहरीमा भएको बम विस्फोटको घटनामा रिजालको शंकास्पद भूमिका देखिएपछि आधार प्रमाणसहित रिजाललाई पक्राउ गरेका हौ’ खड्काले भने, ‘सङ्गठित अपराधको मुद्दामा अनुसन्धानको लागि म्याद थप गरेका छौ ।’
प्रहरीले निर्वाचनको समयमा शंकास्पद गतिविधि गर्नेहरू विरुद्ध निगरानी गदै आएको छ । निर्वाचन भयरहित बनाउन १ नं प्रदेश प्रहरीले निर्वाचन विरुद्ध सञ्चालित हुने समूह र दलहरूको समेत निगरानी गरिरहेको छ ।
सम्बन्धित समाचार :
रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2022 - Aparadh News All rights reserved