पाँचथरमा बेपत्ता प्रहरी हवल्दारको शव भीरमा भेटियो 

alt
  • बैशाख १२, २०७९
  • अपराध न्यूज

जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत प्रहरी सहायक हवल्दार खगेन्द्र श्रेष्ठको शव शंकास्पद अवस्थामा भेटिएको छ । पाँचथरको कुम्मायक गाउँपालिका १ ओर्दिन भन्ने स्थानको भीरमा अडकिएको अवस्थामा श्रेष्ठको शव आइतबार भेटिएको हो । शव सड्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी राकेश थापाले अपराध न्युजलाई जानकारी दिए ।

यासोक बजारमा लाग्ने त्रिसाली मेलामा सुरक्षार्थ खटिएका श्रेष्ठ वैशाख ३ गतेदेखि बेपत्ता थिए । ड्युटी समयमै यासोक बजारबाट हराएका उनको खोजी प्रहरीले गरिरहेको थियो । 

आइतबार बाटो नजिकै मोबाइल सेट फेला पारेपछि स्थानीयले आसपासमा हेर्दा प्रहरीको बर्दी लगाएका व्यक्तिको शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा मृतक प्रहरीको परिवार आएर सनाखत गरिसकेको बताइएको छ । 

डीएसपी थापाका अनुसार शव निकालेर पोस्टमार्टमको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी गरिएको छ । 

 

सम्बन्धित समाचारहरु

बलात्कारको आरोपी प्र ...

सात वर्षअघि आफ्नै विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोप लागेका प्रिन्सिपल राज ...

धरानमा पुरुषको शव फे ...

धरान ५ स्थित सेउती खोलाको किनारमा एक पुरुषको शव फेला परेको छ । शवको सनाखत हुन सकेको छैन । शवको प्रकृ ...

बलात्कारको आरोप लागे ...

सात वर्षअघि विद्यालयका प्रिन्सिपलबाटै पटक पटक बलात्कार भएको आरोप लगाएकी इटहरीकी युवतीको घटनामा प्रहर ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved