इटहरीमा एउटै कक्षामा अध्ययनरत दुईजना बालक बेपत्ता

alt
  • बैशाख ५, २०७९
  • अपराध न्यूज

इटहरीमा एउटै कक्षामा अध्ययनरत दुई बालक बेपत्ता भएका छन् । इटहरी २ देवीथान घर भएका र महेन्द्र माविको कक्षा ४ मा अध्ययनरत १४ वर्षीय रञ्जित निरौला र ११ वर्षीय लकी बिक्रम साह चैत्र २९ गतेदेखि बेपत्ता भएका हुन ।

विद्यालयमा परीक्षा सकेर घर हिडेपनि दुवैजना अहिलेसम्म घर नआएको बेपत्ता रञ्जित निरौलाको आमा रचना निरौलाले जानकारी दिइन । छिमेकी दुवै परिवारले ३० गते इलाका प्रहरी कार्यालय इटहरीमा खोज तलासको लागि निवेदन दिएका थिए । तर दुवै बालक अहिलेसम्म फेला पर्न नसकेको निरौलाको दुखेसो छ । 

अहिले विद्यालय प्रशासन, आफन्त र प्रहरीले बालकको खोजी कार्य गरिरहेको छ । आफन्तहरूले बालकको खोजी गरिदिन सबै निकायसँग माग गरेका छन् । बालकहरूलाई कसैले भेटाएमा ९८१०५८४४४१ यो नम्बरमा वा प्रहरी कार्यालयमा सम्पर्क गरिदिन आफन्तहरूले आग्रह गरेका छन् । 

यता इटहरीका डीएसपी खगेन्द्र खड्काका अनुसार २९ गते ३ जना बालक एकै पटक  हराएको र साँझ एक जना भने परिवारको सम्पर्कमा आएपनि दुईजना अझै फेला पर्न नसकेको बताए । 

‘आफन्तहरूले खोज तलासको लागि निवेदन दिनुभएको छ, हामीले सबै प्रहरी कार्यालयमा फोटोसहित परिपत्र गरेका छौ’ खड्काले भने, ‘हामी गम्भीर भएर खोजी गरिरहेका छौ ।’  

Bepataa Balak2

 

सम्बन्धित समाचारहरु

बलात्कारको आरोपी प्र ...

सात वर्षअघि आफ्नै विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोप लागेका प्रिन्सिपल राज ...

धरानमा पुरुषको शव फे ...

धरान ५ स्थित सेउती खोलाको किनारमा एक पुरुषको शव फेला परेको छ । शवको सनाखत हुन सकेको छैन । शवको प्रकृ ...

बलात्कारको आरोप लागे ...

सात वर्षअघि विद्यालयका प्रिन्सिपलबाटै पटक पटक बलात्कार भएको आरोप लगाएकी इटहरीकी युवतीको घटनामा प्रहर ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved