सुनसरीको हरिपुरमा युवकको शव फेला, हत्याको आशंका

alt
  • चैत्र २९, २०७८
  • अपराध न्यूज

सुनसरीको कोशी गाउँपालिका ७ हरिपुरमा एक युवकको शव भेटिएको छ । हरिपुरको नहर नजिकै पानीमा सोमबार साँझ शङ्कास्पद अवस्थामा शव भेटिएको हो ।

शवको पहिचान हुन सकेको छैन । अन्दाजी २२-२५ उमेर समूहको युवाको शव सनाखत गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले अपराध न्युजलाई जानकारी दिए ।

हातमा विरोध खोपिएको टाटु रहेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार युवकको टाउकोमा चोट रहेको कारण हत्या गरेर फालेको हुन सक्ने आशंका गरेका छन् । युवकको शवको फोटो सार्वजनिक गरेका छौ, पहिचान खुल्न साथ बाँकी अनुसन्धान शुरु हुने थापाले जानकारी दिए । 

 

सम्बन्धित समाचारहरु

सुटरलाई शरण दिइएको आ ...

भारत उत्तर प्रदेशको प्रयागराज शहरमा फ्रेब्ररी २४ तारिकमा उमेश पाल र उनका प्रहरी बडीगार्डको हत्यामा स ...

वेब सिरिज ‘फर्जी’ को ...

दुई महिना अघि मात्र रिलिज भएको हिन्दी वेब सिरिज फर्जी युवा माझ निकै लोकप्रिय बन्यो । नक्कली नोट बनाए ...

सुटर खोज्न भारत यूपी ...

मनोज भुजेल । छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको एउटा विशेष प्रहरीको टिम यति बेला नेपालमा छ । यूपी एस ...

सामाजिक संजाल

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved