इटहरीमा देखियो अनौठो चोरी... 

alt
  • चैत्र २६, २०७८
  • अपराध न्यूज

इटहरी ४ नं. वडा क्षेत्रमा पछिल्लो महिना यता अनौठो चोरीका घटना देखिन थालेको छ । आशिस मार्गमा पर्ने टोलहरूमा मध्यरातको समयमा घरको खुला झ्यालबाट भाटा र फलामको जस्तो सामान प्रयोग गरेर कोठाभित्र रहेको मोबाइल, झोला र सुन जस्ता सामानहरू चोरी हुन थालेका हुन ।

रोचक कुरा त, चोरले भाटा र फलामको भागमा सुपर ग्लु दलेर रातको समयमा सामानहरू तानेर चोरी गर्ने गरेका छन् ।

बुधबार राती आशिस मार्गको मन्च फुड नजिकै डेरा गरि बस्ने सञ्चारकर्मी लक्ष्मी तिम्सिनाको कोठामा भाटा, लौरो र स्केल जस्ता सामानहरू प्रयोग गरि चोरी गर्ने प्रयास भएको थियो । 

तिम्सिनाका अनुसार राती १२.३० को समयमा चोरले झ्यालबाट लामो लौरो छिराएर चार्जमा रहेको मोबाइल तान्ने कोसिस भएको थियो । 

‘निदाइ सकेको अवस्थामा ग्राउन्ड फ्लोरमा रहेको कोठाको झ्यालबाट भाटा र लौरो जसमा ग्लु दलिएको त्यसको मद्दतबाट मोबाइल, ल्यापटप र हेन्ड ब्याग तान्ने काम भयो’ ‘हामीले चाल पायौ र हल्ला गरौँ पीडित तिम्सिनाले भनिन्, ‘यसले टोलमा असुरक्षित महसुस गराएको छ ।’  हल्ला गरेपछि चोरले ल्याएको भाटा, लौरो, स्केल र रड त्यही छाडेर भागेका थिए ।

‘चोरीमा प्रयोग भएको सबै सामानमा सुपर ग्लुको मात्रा थियो’ उनले अपराध न्युजसँग भनिन, ‘सायद त्यो भाटामा सामान टासिने र तान्नलाई सहज बनाउनलाई त्यस्तो बनाइएको थियो ।’

चोरी गर्ने असफल प्रयास भएपछि स्थानीयले टोलमा यसै गरि केही मोबाइल, पर्स र सुन चोरी भएको बताएका छन् । 

स्थानीय व्यवसायी रोमन श्रेष्ठका अनुसार पछिल्लो केही महिना भित्र ४ वटा मोबाइल, पैसा राखेको पर्स, महिलालले बोक्ने हेन्ड ब्याग र सुन यसै गरि झ्यालबाट चोरी भएको बताए । 

‘गर्मी याम छ, झ्याल खोलेर प्राय मान्छेहरू सुत्ने गर्छन यही मौका छोपेर चोर अलि सकृय भएको हो’ उनले भने ‘प्रहरीले रातको समयमा अलि गम्भीर भएर गस्ती गर्नुपर्यो ।’ 

यता इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्र खड्काले चोरीका घटना नियन्त्रणको लागि रात्री गस्ती सञ्चालन गरिरहेको बताए । ‘चोरी नियन्त्रणको लागि हामी गम्भीर छौ, यसमा संलग्न चाडै पक्राउ पर्छन्’ उनले भने ।

 

सम्बन्धित समाचारहरु

बलात्कारको आरोपी प्र ...

सात वर्षअघि आफ्नै विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोप लागेका प्रिन्सिपल राज ...

धरानमा पुरुषको शव फे ...

धरान ५ स्थित सेउती खोलाको किनारमा एक पुरुषको शव फेला परेको छ । शवको सनाखत हुन सकेको छैन । शवको प्रकृ ...

बलात्कारको आरोप लागे ...

सात वर्षअघि विद्यालयका प्रिन्सिपलबाटै पटक पटक बलात्कार भएको आरोप लगाएकी इटहरीकी युवतीको घटनामा प्रहर ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved