इटहरीमा भेटिएको बेवारिसे झोला सेनाद्वारा डिस्पोज 

alt
  • चैत्र २१, २०७८
  • अपराध न्यूज

इटहरी २ हलगडामा बेवारिसे झोला भेटिएपछि बम भएको आशङ्कामा नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त झोला डिस्पोज गराएको छ । डिस्पोज गराउँदा झोलामा कुनै विस्फोटक पदार्थ भेटिएन । प्लाष्टिकको झोला भित्र कपडाले बेरेको सखरको ठल्ला रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

१२.३० मा स्थानीयले रातीदेखि उक्त झोला सडक किनारमा रहेको जानकारी गराएपछि इलाका प्रहरी कार्यालय इटहरीले इटहरीस्थित नेपाली सेनाको कृष्णदल गणलाई झोलाको बिषयमा जानकारी गराएको थियो ।

‘स्थानियहरु एक साता अघि सोही ठाउँदेखि नजिकै बम बिस्फोट भएको घटनाले त्रसित बनेका हुन’  डीएसपी खड्काले भने, ‘झोला भित्र सखर र केही कपडा भेटियो ।’ ‘डिस्पोज गराउने क्रममा डेटोनेटरको आवाज आएको हो, कुनै बिस्फोट पदार्थ हैन ।’ गत १४ गते इटहरी २ नवजागृति टोलमा बम बिस्फोट हुँदा दुईजना हिमाल सुरक्षा परिषदका कार्यकर्ता घाइते भएका थिए । 

Nka

सम्बन्धित समाचारहरु

सुटरलाई शरण दिइएको आ ...

भारत उत्तर प्रदेशको प्रयागराज शहरमा फ्रेब्ररी २४ तारिकमा उमेश पाल र उनका प्रहरी बडीगार्डको हत्यामा स ...

वेब सिरिज ‘फर्जी’ को ...

दुई महिना अघि मात्र रिलिज भएको हिन्दी वेब सिरिज फर्जी युवा माझ निकै लोकप्रिय बन्यो । नक्कली नोट बनाए ...

सुटर खोज्न भारत यूपी ...

मनोज भुजेल । छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको एउटा विशेष प्रहरीको टिम यति बेला नेपालमा छ । यूपी एस ...

सामाजिक संजाल

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved