इटहरीको विस्फोटले टर्‍यो काठमाडौँसहितका शहरमा बम विस्फोट गराउने योजना

alt
  • चैत्र २०, २०७८
  • अपराध न्यूज

इटहरीमा चैत्र १४ गते ‘मिस हेन्डल’ को कारण भएको बम विस्फोटको घटनाले निर्वाचनको मुखमा अन्य शहरमा हुन सक्ने अप्रिय घटना टरेको छ । विस्फोटमा हिमाल सुरक्षा परिषद र कङग्रेन्ट फ्रन्ट अफ नेपाल नाम गरेको सङ्गठनका कार्यकर्ता घाइते भएपनि यो संगठनको योजना, निर्वाचन केन्द्रित आतंक मच्चाउने र अप्रिय घटना घटाउने थियो ।

घटनामा संलग्न इटहरी २ बस्ने २० वर्षीय रबिन थापा, ३२ वर्षीया लक्ष्मीदेवी थापा, लमजुङ ७ ढोडेनीका २३ वर्षीय शेरजंग गुरुङ र विस्फोटक पदार्थ ल्याउने मुख्य योजनाकार झापा लक्ष्मीपुर ७ का ४३ वर्षीय सजय उर्फ खगेन्द्र खरेल पक्राउ परेका छन् । 

रबिन थापाको डेरामा भारतीय सिमा जोगवनीबाट शेरजंगले ल्याएको सुतली बम साँझ १० बजे बिस्फोट भएको थियो । बम ‘मिस हेन्डल’ को कारण बिस्फोट भएको प्रहरीको निष्कर्ष छ । यही घटनाका कारण सुनसरीसहित मोरङ, काठमाडौँ र पोखरामा बम बिस्फोट गराउने यी दुई संगठनको शृंखलाबद्ध योजना असफल बनेको हो ।

Bom Pp बम बिस्फोट गराएर आतंक मच्चाउने योजनाका मुख्य योजनाकार खगेन्द्र खरेललाई प्रहरीले पक्राउ गरि अनुसन्धान गर्ने क्रममा ४ वटा जिल्लामा डेढ महिना भित्र धेरै ठाँउमा बम बिस्फोट गराउने संगठनको गोप्य योजना खुलेको थियो । जसमा चर्च, केही ठूला होटल र सार्वजनिक स्थानहरू निश्चित गरिएका थिए । काठमाडौँमा मात्र ४ वटा बम बिस्फोट गराउने खरेलको योजना थियो ।

खरेलले सङ्गठनका अन्य कार्यकर्तालाई लेखेको म्यासेजका आधारमा प्रहरीले इटहरी बाहेक अन्य शहरमा समेत बम बिस्फोट गराउने योजना बनाएको अनुसन्धानको क्रममा देखिएको प्रहरी स्रोतको दाबी छ । जसमा १५ गते इटहरीको एक चर्चमा बम बिस्फोट गराउने खरेलको योजना थियो । 

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन् ‘१४ गते पड्केको बमलाई नै राती इटहरीको एउटा चर्चमा बिस्फोट गराउने योजना थियो । त्यसको लागि चर्च फाइनल भइसकेको थियो ।’  चर्चको नाम उल्लेख नगर्ने शर्तमा ति अधिकृतले अपराध न्यूजसँग भने, ‘चर्चमा यदि कुनै कारण वस बम बिस्फोट गर्न नसकिए इटहरीको मुख्य चौकमा बम राख्ने उनीहरूको वैकल्पिक योजना थियो ।’ 

तर बम बिस्फोट गराउने जिम्मेवारी पाएका शेरजंगले राती कोठामै सोही बम मिस हेन्डल गरेर भुलवश बिस्फोट गराए ।विस्फोटका कारण शेरजंगको शरिरसगै हातमा र रबिनको आखामा चोट लागेको छ । 

मुख्य योजनाकार खरेलले नै शेरजंगलाई जोगवनी नाकाबाट एक व्यक्ति मार्फत विस्फोटक पदार्थ भएको झोला रिसिभ गर्न लागएका थिए । उक्त झोला १४ गते नै शेरजंगले रबिनको कोठामा ल्याएका थिए ।

Jhola इटहरीमा बम बिस्फोट गराउने योजना तयारी गरेर खरेल भने झापाको भारतीय सिमा नजिकको नकलबन्दा क्षेत्रमा लुकेका थिए । तर खरेल र शेरजंगबिच सम्पर्क भइरहेको थियो । घटनामा पक्राउ परेकी लक्ष्मीदेवी थापा समेत खरेल आबद्ध संगठनको कार्यकर्ता हुन । बम विस्फोटबाट घाइते रबिन र लक्ष्मी आमा छोरा हुन । प्रहरीले रबिनको घटना संलग्नता छ छैन अनुसन्धान गरिरहेको छ ।

इटहरीमा बम बिस्फोट गराउने योजनाको लागि ल्याइएका लमजुङका शेरजंगलाई लक्ष्मीले आफ्नो कोठामा पाहुना भनेर २० दिनदेखि राखिरहेकी थिइन । शेरजंगलाई खरेलले काम पश्चात भारतहुँदै विदेश पठाइदिने आश्वासन दिएका थिए । 

‘इटहरीको अन्य ठाँउमा बिस्फोट गराउन ल्याइएको विस्फोटक पदार्थ (सुतली बम) भुलवश डेरामै बिस्फोट भएको हो’ सुनसरीका एसपी सञ्जयसिंह थापा भन्छन्, ‘यही विस्फोटको अनुसन्धान गर्दै जादा अन्य ठाँउमा पनि बिस्फोट गराउने योजना खुलेको छ ।’ यसले निर्वाचनको मुखमा अन्य शहरमा हुन सक्ने अप्रिय घटना तत्काल टरेको हाम्रो बुझाई छ । 

Paracha अहिले सम्मको अनुसन्धानले बिशुद्ध निर्वाचनको माहोललाई आतंकित बनाउने र चन्दा उठाउने यो संगठनको उद्धेश्य रहेको थापा बताउछन् । खरेलको कनेक्सनमा रहेका अन्य केही व्यक्तिहरुको समेत खोजी भइरहेको एसपी थापाले अपराध न्यूजलाई बताए । 

बम बिस्फोटपछि जिल्ला प्रहरी कार्यालय सुनसरी, इटहरी प्रहरी, १ नं. प्रदेश प्रहरीको आरआईटी र संघीय प्रहरी इकाई कार्यालय धरानले यो घटनाको संयुक्त अनुसन्धान गरेको थियो । प्रहरीले चारै जनालाई बम विस्फोटन र संगठित अपराध मुद्दा चलाएको छ ।

को हुन खरेल ?

मुख्य योजनाकार भनिएका झापाका खगेन्द्र खरेल नेतृत्व समूहले माघ १० गते झापाको बिर्तामोड स्थित पश्चिम बस स्टेण्डमा बम विस्फोट गराएको थियो । उनकै नेतृत्वमा रहेको समूहले माघ १३ गते झापाको दमकस्थित शिवान चर्चमा हिमाल सुरक्षा परिषदका पर्चासहित बिष्फोटक पदार्थ जस्तो देखिने शंकास्पद वस्तु प्रेसर कुकर राखेको थियो । 

२०५५ सालमा भारतीय सेना भएर चार वर्षसम्म काम गरेर छाडेका खरेलले २०७६ वैशाख १८ गते झापाको कन्काई पुलमा गोर्खा जनमुक्ति पार्टीको नाममा ग्रेटर नेपालको माग राखी  बिष्फोटक पदार्थ तथा संगठित अपराध कसूर मुद्दामा २ वर्ष ५ महिना कैद सजाय भुक्तान गरिसकेका छन् । 

Press Met भारतीय सेनामा कमाण्डो तालिम गरेको उनले आफै विस्फोटक पदार्थ बनाउने गरेको अनुसन्धानमा संलग्न प्रहरी बताउछन् ।खरेल राजावादी समूहका पक्षमा वकालत गर्ने समूहको नाममा परिचालित हिमाल सुरक्षा परिषद नेपालको प्रमुख हुन ।

यस्तै कङग्रेन्ट फ्रन्ट अफ नेपाल (कफन) समेत उनले स्थापना गरेको संगठन भएको प्रहरीको भनाई छ । उनले सिमित व्यक्तिलाई आर्थिक प्रलोभन दिएर बम बिस्फोट गराउने तथा ओसारपसार गर्न लगाउने प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सम्बन्धित समाचार : 

‘विस्फोटपछि शरीरमा लागेको आगो निभाउन घाइते खोलामा हाम फाले’

 

सम्बन्धित समाचारहरु

बलात्कारको आरोपी प्र ...

सात वर्षअघि आफ्नै विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोप लागेका प्रिन्सिपल राज ...

धरानमा पुरुषको शव फे ...

धरान ५ स्थित सेउती खोलाको किनारमा एक पुरुषको शव फेला परेको छ । शवको सनाखत हुन सकेको छैन । शवको प्रकृ ...

बलात्कारको आरोप लागे ...

सात वर्षअघि विद्यालयका प्रिन्सिपलबाटै पटक पटक बलात्कार भएको आरोप लगाएकी इटहरीकी युवतीको घटनामा प्रहर ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved