निर्वाचन सुरक्षाको लागि १ लाख १८ हजार म्यादी प्रहरी चाहिने

alt
  • फाल्गुन २६, २०७८
  • अपराध न्यूज

प्रहरी प्रधान कार्यालयले स्थानीय तहको निर्वाचनका लागि सवा लाख म्यादी प्रहरीको माग गरेको छ। यस विषयमा अर्थ मन्त्रालयसँग सघन छलफल चलिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

छलफलमा प्रहरी प्रधान कार्यालयले कम्तीमा १ लाख १८ हजार म्यादी प्रहरी चाहिने बताएको छ। अर्थ मन्त्रालयले संख्या र बजेटबारे निर्णय र सहमति दिइसकेको छैन। 

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले अहिले म्यादी प्रहरी भर्नाका लागि बजेट स्वीकृत भइनसकेकाले संख्या यकिन गर्न नसकिने बताए। स्थानीय निकायको निर्वाचन वैशाख ३० मा तोकिएको छ। तोकिएकै समयमा निर्वाचन गर्ने प्रतिवद्धता सरकारको छ।

निर्वाचन आयोगलाई अर्थ मन्त्रालयले स्थानीय निकायको निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैयाँ बजेट खर्च गर्ने सहमति दिएको छ। सामाजिक सञ्जालहरूमा प्रहरी प्रधान कार्यालयले संख्या तोकेर म्यादी प्रहरीको भर्ना खुलाएको भन्ने प्रसंग सत्य नभएको प्रधान कार्यालयले जनाएको छ।

 

सम्बन्धित समाचारहरु

बलात्कारको आरोपी प्र ...

सात वर्षअघि आफ्नै विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोप लागेका प्रिन्सिपल राज ...

धरानमा पुरुषको शव फे ...

धरान ५ स्थित सेउती खोलाको किनारमा एक पुरुषको शव फेला परेको छ । शवको सनाखत हुन सकेको छैन । शवको प्रकृ ...

बलात्कारको आरोप लागे ...

सात वर्षअघि विद्यालयका प्रिन्सिपलबाटै पटक पटक बलात्कार भएको आरोप लगाएकी इटहरीकी युवतीको घटनामा प्रहर ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved