जिल्ला प्रहरी कार्यालय भोजपुरले खैरो हेरोइन ब्राउन सुगरसहित दुईजना ट्रक चालकलाई पक्राउ गरेको छ ।
मालबाहक ट्रकमा खैरो हेरोइन रहेको सूचनाको आधारमा खानतलासी गर्दा दुई ग्राम एक मिलिग्राम ब्राउन सुगर र ८३ हजार रुपैयाँ नगद बरामद भएको थियो । प्रहरीले ट्रक चालक धनकुटा नगरपालिका घर भई मोरङको केराबारी बस्दै आएका २९ वर्षीय सुमन तामाङ र सङ्खुवासभा धर्मदेवी नगरपालिका–५ का ३७ वर्षीय दलबहादुर मगरलाई पक्राउ गरेको हो ।
भोजपुर सदरमुकाम नजिकैको दुम्सिकास्थित को १ ख ६२३२ र ना ६ ख ७४७८ नम्बरको ट्रकबाट उक्त ब्राउन सुगर बरामद भएको थियो । नियन्त्रणमा लिइएका दुवै ट्रक भोजपुरबाट धरान जाँदै गरेका थिए।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved