नेपाल छिरेर गाँजा तस्करी गर्ने ३ भारतीय नागरिक पक्राउ

alt
  • माघ २, २०७८
  • अपराध न्यूज

ठूलो परिणामको लागुऔषध गाँजासहित प्रहरीले सुनसरीबाट ३ जना भारतीय नागरिकलाई शनिबार राति पक्राउ गरेको छ । भारत बिहारको कटहरिया जिल्ला देवीपुर–१० का ५० वर्षीय जितेन्द्र राय, देवीपुर–१९ का २६ वर्षीय मिट्ठु राय र पूर्णिया जिल्ला सारसी–३ का १९ वर्षीय पंकज महलदार पक्राउ परेका हुन् । 

सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार पक्राउ परेकाहरुको साथबाट १ सय किलोग्राम गाँजा बरामद भएको छ ।नेपालबाट भारततिर अवैध रूपले लैजान खोज्दै गरेको १ सय किलो गाँजासहित तीनैजनालाई सुनसरीको बर्जु गाउँपालिका–५ बाट पक्राउ गरिएको उनले बताए । 

‘भारततिर लागुऔषध गाँजा लैजान लागेको सूचनाका आधारमा नियन्त्रणमा लिन प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन गरिएको थियो,'एसपी थापाले भने, ‘सेतो प्लाष्टिकले बेरेर ५ वटा पोका बनाई गाँजा कटाउन लागेको अवस्थामा फेला पारेपछि शनिबार राति ८ बजेतिर उनीहरुलाई पक्राउ गरिएको हो ।’

पक्राउ परेका तीनैजनाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आइतबार अदालतबाट म्याद थप गरेर बाँकी अनुसन्धान अघि बढाइएको जानकारी एसपी थापाले दिए । नेपालका पहाडी जिल्लामा उत्पादन हुने गाँजा अवैध तरिकाले भारत लैजाने गरिएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचारहरु

बलात्कारको आरोपी प्र ...

सात वर्षअघि आफ्नै विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोप लागेका प्रिन्सिपल राज ...

धरानमा पुरुषको शव फे ...

धरान ५ स्थित सेउती खोलाको किनारमा एक पुरुषको शव फेला परेको छ । शवको सनाखत हुन सकेको छैन । शवको प्रकृ ...

बलात्कारको आरोप लागे ...

सात वर्षअघि विद्यालयका प्रिन्सिपलबाटै पटक पटक बलात्कार भएको आरोप लगाएकी इटहरीकी युवतीको घटनामा प्रहर ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved