२० वर्षअघि युवतीको घाटी रेटी हत्या गरेको कुरा आफै ओकलेपछि...

alt
  • पुस २९, २०७८
  • अपराध न्यूज

२०५८ साल तत्कालीन माओवादीको शसस्त्र आन्दोलन चर्किरहेको बेला इलामको सूर्योदय नगरपालिका– ३ जील (साविक पशुपतिनगर गाविस–३) की १८ वर्षीया रोजिना राईको हत्या गरिएको अवस्थामा शव भेटियो । 

२०५८ माघ ६ गते साँझ खेताला बोलाउन मृतककी दिदी चमेली राईको घरमा जाने क्रममा छिमेकी गोठमा रहेकी रोजिनालाई एक व्यक्तिले जबरजस्ती गर्ने प्रयास गरेका थिए । रोजिनाले जबरजस्ती गर्ने व्यक्तिमाथि सकेसम्म प्रतिकार समेत गरेकी थिइन ।

साँझको समयमा रोजिनाले चिच्याउदै गुहार माग्न थालेपछि पोल खोल्ने डरमा ति व्यक्तिले गोठमा रहेको हसियाले रोजिनाको घाटी रेटी हत्या गर्छन । शवलाई व्यवस्थापन गर्न हत्याराले छिमेकी भीममाया राईको घरबाट पश्चिमतर्फको बाटोभन्दा केही तल रोजिनाको शव फ्याँकेर हत्यारा फरार हुन्छन् । 

माओवादी शसस्त्र आन्दोलनको समयमा प्रहरीले त्यति राम्रो अनुसन्धान गर्न नपाएको कारण हत्यामा संलग्नको पहिचान खुल्न सकेको थिएन । मृतक परिवारले बर्स दिनसम्म हत्यारा पहिचान गर्न र अनुसन्धान अघि बढाउन प्रहरीकहाँ धाएका थिए । प्रहरी कार्यालयदेखि बाहिर निस्किए माओवादीसँग दोहोरो भिडन्त हुने जोखिमका कारण प्रहरीले घटनाको मिसिल त्यतिकै थन्काउन बाध्य थियो । 

तर घटना भएको २० बर्स पछि रोजिनाको हत्या अनुसन्धानको मिसिल जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले खोल्ने निधो गरे । २० बर्स भित्रका पुराना ‘अनसल्भ केश’ का मिसिल अध्ययन गरेर श्रेष्ठले रोजिनाको हत्याको थप अनुसन्धान अघि बढाउन निर्देशन दिए । 

मंसिरको दोस्रो सातादेखि प्रहरीले रोजिनाको घर आसपास सुराकी परिचालन गर्नेदेखि लिएर आफन्त तथा छिमेकीहरूको बयान लिन थाल्छ । त्यस क्रममा सूर्योदय नगरपालिका–३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राई रोजिनाको हत्या हुँदा गाँउबाट केही बर्स फरार भएर फेरी गाँउ फर्किएको प्रहरीले जानकारी पाउछ

मनकुमार घटना भए पश्चात फरार हुनु र फेरी गाँउ फर्किनुले प्रहरीको अनुसन्धान उनमाथि केन्द्रित हुन थाल्छ । इलाम प्रहरी मनकुमारमाथि ‘क्लोज कनेक्सन’ बढाएर घटनाको अनुसन्धान गर्ने निचोडमा पुग्छ । प्रहरीकै एक व्यक्तिलाई परिचालन गरेर मनकुमारसँग नजिक सम्बन्ध बनाउने वातावरण बनाउन थालिन्छ ।

‘मिसिल अध्ययन, मृतक परिवार र छिमेकीहरूको बयानको आधारमा हामी मनकुमारले नै रोजिनाको हत्या गरेको यकिनमा थियौ’ एसपी महेन्द्र श्रेष्ठ अपराध न्युजसँग भन्छन् ‘यकिन भन्दा पनि हामी तथ्य र प्रमाणसहित उनलाई पक्राउ गर्ने प्लानमा थियौ ।’

‘यस क्रममा हामीले उनमाथि क्लोज कनेक्सन बनाउन सफल हुन्छौ ।’ एसपी श्रेष्ठ थप्छन् ‘पाप धुरीबाट कराउछ भन्ने उखान जस्तै मनकुमारले रोजिनाको हत्याको प्रसंग ओकल्न थालेका थिए ।’ 

‘नभन्दै रोजिनालाई कसरी हत्या गरे ? कसरी शव फ्याके ? र फरार भएपछि पूर्न गाँउ कसरी फर्किए ? जस्ता सबै अनुसन्धानको बिषय मनकुमारले ‘क्लोज कनेक्सन’ मा रहेका प्रहरीसँग कुरा ओकले पछि हामीले उनलाई बाँकी अनुसन्धानको लागि गाँउबाटै नियन्त्रणमा लिएका हौ’ एसपी महेन्द्र कुमार श्रेष्ठ भन्छन् । ‘बाँकी अनुसन्धानको क्रममा मनकुमार आफैले रोजिनाको हत्या स्वीकार गरेका छन् ।’

मनकुमार त्यस समय २१ बर्षका मात्र थिए । प्रहरीले घटनाको मुचुल्का, मिसिल, फोटो अध्ययन शुरु गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय इलामका एसपी श्रेष्ठले इलाम जिल्लामा घटेका पुराना अनसल्भ केशहरु सकेसम्म सल्भ गर्ने अभियानमा रहेको बताउछन् ।

‘यो घटनामा पनि प्रहरीको मेहेनत र अनुसन्धानको नविन शैली अपनाएर २० बर्षपछि दोषी पहिचान भएको अवस्था छ’ उनि भन्छन् ‘बाँकी रहेका अन्य केशको समेत अध्ययन भइरहेको छ ।’ 

रोजिनाको हत्यामा संलग्न मनकुमारलाई बुधबार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको छ । 

सम्बन्धित समाचारहरु

बलात्कारको आरोपी प्र ...

सात वर्षअघि आफ्नै विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोप लागेका प्रिन्सिपल राज ...

धरानमा पुरुषको शव फे ...

धरान ५ स्थित सेउती खोलाको किनारमा एक पुरुषको शव फेला परेको छ । शवको सनाखत हुन सकेको छैन । शवको प्रकृ ...

बलात्कारको आरोप लागे ...

सात वर्षअघि विद्यालयका प्रिन्सिपलबाटै पटक पटक बलात्कार भएको आरोप लगाएकी इटहरीकी युवतीको घटनामा प्रहर ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved