मोरङमा वृद्धको हत्या, शव लुकाउन लैजाँदै गर्दा हत्यारा पक्राउ  

alt
  • पुस २७, २०७८
  • अपराध न्यूज

मोरङको लेटाङमा ६० वर्षीय वृद्धको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका छन् । प्रहरीका अनुसार मोरङको लेटाङ नगरपालिका– २ फडानीमा अन्दाजी ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या भएको हो । उनको हत्या आरोपमा प्रहरीले ८१ वर्षीय वृद्ध डम्बरबहादुर भुजेललाई पक्राउ गरेको हो ।

वृद्धले शव घिसारेर घर नजिकैको बाँसघारी तर्फ लैजाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोमबार बेलुका मृतक र हत्या आरोपी बृद्धसँगै मदिरा सेवन गरेको स्थानीयले बताएका छन् ।

मदिरा सेवनपछिको विवादका कारण हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले हत्याको अनुसन्धान भइरहेको बताए ।

 

सम्बन्धित समाचारहरु

बलात्कारको आरोपी प्र ...

सात वर्षअघि आफ्नै विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोप लागेका प्रिन्सिपल राज ...

धरानमा पुरुषको शव फे ...

धरान ५ स्थित सेउती खोलाको किनारमा एक पुरुषको शव फेला परेको छ । शवको सनाखत हुन सकेको छैन । शवको प्रकृ ...

बलात्कारको आरोप लागे ...

सात वर्षअघि विद्यालयका प्रिन्सिपलबाटै पटक पटक बलात्कार भएको आरोप लगाएकी इटहरीकी युवतीको घटनामा प्रहर ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved