इटहरीमा मुख्यमन्त्रीको गाडी जाममा फसेपछि प्रहरीमाथि गुनासो

alt
  • पुस २६, २०७८
  • अपराध न्यूज

इटहरी र दुहबीको सडक खण्डमा आफू सवार सवारी साधन जाममा फसेको भन्दै १ नं. प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेश प्रहरी समक्ष गुनासो पोखेका छन् ।

कार्यक्रममा सहभागी हुन बिभिन्न स्थान जाने क्रममा राई चड्ने सवारी साधन जाममा फसेको भन्दै उनको सचिवालयले प्रदेश प्रहरी समक्ष गुनासो पोखेका थिए ।

पुस २० गते प्रधानमन्त्री शेरबहादुर देउवा धरान आउने कार्यक्रममा सहभागी भइ विराटनगर फर्कने क्रममा उनी सवार ३ वटा सवारी साधन इटहरीको विराटनगर लाइनस्थित राधा कृष्ण मन्दिर अगाडि केही समय जाममा फसेको थियो । त्यस्तै दुहबीको सडक खण्डमा पनि अन्य मितिमा उनको सवारी साधन जाममा फसेको भन्दै उनको सचिवालयका कर्मचारी र मुख्यमन्त्रीका पिएसओले प्रहरी समक्ष गुनासो पोखेका हुन ।

सचिवालयसँगै मुख्यमन्त्री राईले सडकमा ट्राफिक व्यवस्थापन राम्रो नभएको भन्दै १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी अरुण कुमार बिसीसँग पनि गुनासो गरेका थिए ।

मुख्यमन्त्रीको गुनासोपछि प्रदेश प्रहरी कार्यालय विराटनगरले पुस २१ गते १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी, इलाका प्रहरी कार्यालय दुहबी र इलाका प्रहरी कार्यालय इटहरीलाई मौखिक निर्देशन दिदै मुख्यमन्त्रीको सवारी हुँदा ट्राफिक व्यवस्थापन सहज बनाउन भनिएको छ ।

स्मरण होस, इटहरीको विराटनगर लाइन र दुहबीको सडक खण्ड निकै साधुरो छ । विराटनगर धरान ६ लेन सडक निर्माणको क्रममा इटहरीको मुख्य चौकदेखि दक्षिण साथी पेट्रोल पम्पसम्म र दुहबीको मुख्य सडक खण्डमा बनेका घरहरू भत्काउन नसक्दा यो सडक खण्ड निकै साधूरो छ ।

त्यसमा पनि सडकमा बढ्दो सबारी साधनको चापका कारण अहिले १ नं. प्रदेशका प्रमुख शहरहरूमा सबारी साधनको प्राय जाम लाग्ने गर्छ । पछिल्लो समय यता चौकमा खटिएका सीमित ट्राफिक प्रहरी र जनपद प्रहरीलाई ट्राफिक व्यवस्थापन गर्न हम्मेहम्मे हुन थालेको छ ।

भिआइपी सबारी हुँदा सम्बन्धित रुटको प्रहरी कार्यालयबाट प्रहरीको गाडी स्कटिङमा अगाडि भएपनि सडकको अवस्था, सबारी चाप र सीमित प्रहरीले सडकमा हुन थालेको जामलाई व्यवस्थापन गर्न चुनौती बनिरहेको छ । 

सम्बन्धित समाचारहरु

बलात्कारको आरोपी प्र ...

सात वर्षअघि आफ्नै विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोप लागेका प्रिन्सिपल राज ...

धरानमा पुरुषको शव फे ...

धरान ५ स्थित सेउती खोलाको किनारमा एक पुरुषको शव फेला परेको छ । शवको सनाखत हुन सकेको छैन । शवको प्रकृ ...

बलात्कारको आरोप लागे ...

सात वर्षअघि विद्यालयका प्रिन्सिपलबाटै पटक पटक बलात्कार भएको आरोप लगाएकी इटहरीकी युवतीको घटनामा प्रहर ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved