बाढी र पहिरोको उद्धारमा प्रदेश १ मा ५ हजार प्रहरी परिचालन

alt
  • कार्तिक ५, २०७८
  • अपराध न्यूज

बेमौसमी झरीको कारण १ नम्बर प्रदेशमा गएको तिन दिन यता बाढी र पहिरोमा फसेका नागरिकको उद्धारमा ५ हजार ९५ जना प्रहरी जनशक्ति परिचालन भएका छन् । १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी अरुण कुमार बिसीका अनुसार बाढी पहिरोको कारण भत्किएका भौतिक संरचनाको उद्धार, अवरुद्ध सडक खुलाउने र बेपत्ता नागरिकको खोजतलासमा प्रहरी परिचालन गरिएको जनाइएको छ । 

यस्तै कतिपय जिल्लामा अझै वर्षा भइरहेको कारण हुन सक्ने जोखिम न्यूनिकरणको लागि पनि प्रहरीको उद्धार टोलीहरू तयारी अवस्थामा राखिएको उनले बताए । तालिम प्राप्त प्रहरीहरूलाई उद्धार तथा खोजतलासमा परिचालन गरिएको डिआइजी बिसी बताउँछन् ।

नं. प्रदेशमा ५ हजार ९५ जना प्रहरी जनशक्ति परिचालन गरिएको हो बिसीले भने बाढी पहिरोको कारण कतिपयको नागरिकको सुरक्षित उद्धार पनि भएको अवस्था छ । यसमा नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीय निकायबीचको समन्वयमा काम भइरहेको छ । 

पानी अझै पर्ने सम्भावना रहेको कारण थप प्रहरी तयारी अवस्थामा रहेको बिसीको अपराध न्युजलाई जानकारी दिए । डुबान भएको क्षेत्रमा सुरक्षाकर्मी परिचालन भई बिस्थापित भएका मानिसहरूलाई सुरक्षित स्थान तर्फ स्थानान्तरण गर्ने कार्य समेत भइरहेको उनले बताए । 

M यता बेमौसमी झरीको कारण १ नम्बर प्रदेशमा गएको तिन दिन यता बाढी पहिरोबाट ६२ जनाको मृत्यु, २० जना घाईते र १३ जना बेपता भएका छन् भने सयौ घर डुबानमा परेका छन् । प्रदेश १ मा सबै भन्दा बढी पाँचथर जिल्लामा मानवीय क्षति भएको छ । पाँचथर जिल्लामा मात्र २८ जनाको मृत्यु भएको छ भने १० जना घाईते र ६ जना बेपत्ता भएका छन् ।

पाँचथरको कुम्मायक गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकामा पहिरोले घर पुरिँदा २८ जनाको मृत्यु , १० जना घाईते र ६ जना बेपत्ता भएका हुन् ।

यसैगरी इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा बाढी पहिरोको कारण १४ जनाको मृत्यु भएको छ भने ५ जना घाईते तथा १ जना बेपत्ता भएका छन् ।
यस्तै धनकुटाको चौबिसे गाउँपालिकामा बाढी पहिरोकै कारण ७ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन्  ।

Mm सुनसरीको धरान उपमहानगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा बाढी पहिरोको कारण ८ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् ।

यसैगरी मोरङको विराटनगर महानगरपालिकामा १ जनाको मृत्यु भएको छ । भोजपुरको राम प्रसास राई गाउँपालिकामा खोलाले बगाएर १ जनाको मृत्यु भएको तथा उदयपुरको त्रियुगा नगरपालिका र उदयपुर गढी गाउँपालिकामा बाढीका कारण १ र १ जनाको मृत्यु भएको छ । बेमौसमी झरीका कारण सयौ घर डुबानमा परेका छन् भने ४ हजार भन्दा बढी मानिसहर बिस्थापित भएका छन् । 

सम्बन्धित समाचारहरु

बुबालाई सम्झाउँदा उल ...

सोलुखुम्बुस्थित सोलु–दूधकुण्ड नगरपालिका वडा नं. ५ का ५० वर्षीय मोहन बराइली सुन चादी व्यवस ...

डिएसपी कार्कीलाई प्र ...

छिमेकीको हत्या गरेर शौचालयको ट्याङ्कीमा लुकाइएको शव फेला पारेर अभियुक्त पक्राउ गर्न सफलता पाएका दमक ...

एकादशीमा मापसे गरेका ...

इलाममा आफ्नै दाइको धारिलो हतियार प्रहारबाट भाइको हत्या भएको छ । सोमबार इलामस्थित सन्दकपुर गाउँपालिका ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved