प्रहरीको रासन भत्ता १५ प्रतिशत वृद्धि गर्ने तयारी

alt
  • कार्तिक ४, २०७८
  • अपराध न्यूज

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशत वृद्धि गर्ने तयारी गरेको छ । गृह मन्त्रालयले बजेटमा गरिएको त्यस्तो व्यवस्था कार्यान्वयनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको हो ।

सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यको बुँदा नम्बर ३९२ मा प्रहरी र सशस्त्र प्रहरीको रासनमा १५ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको थियो । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषद्को आगामी बैठकमा रासन वृद्धि सम्बन्धी फाइल पेस गर्न स्वीकृत गरिसकेका छन् ।

मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि गत साउन एक गतेदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीले वृद्धि भएको रासन भत्ता पाउनेछन् । सरकारले जिल्लाको दर रेट र भौगोलिक क्षेत्रका आधारमा भत्ताको रकम तय गर्ने गर्छ । त्यसैका आधारमा उनीहरूले रासन भत्ता पाउदै आएका छन् ।

सम्बन्धित समाचारहरु

बुबालाई सम्झाउँदा उल ...

सोलुखुम्बुस्थित सोलु–दूधकुण्ड नगरपालिका वडा नं. ५ का ५० वर्षीय मोहन बराइली सुन चादी व्यवस ...

डिएसपी कार्कीलाई प्र ...

छिमेकीको हत्या गरेर शौचालयको ट्याङ्कीमा लुकाइएको शव फेला पारेर अभियुक्त पक्राउ गर्न सफलता पाएका दमक ...

एकादशीमा मापसे गरेका ...

इलाममा आफ्नै दाइको धारिलो हतियार प्रहारबाट भाइको हत्या भएको छ । सोमबार इलामस्थित सन्दकपुर गाउँपालिका ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved