ताप्लेजुङमा युवतीलाई बिष खुवाएर भीरबाट खसाल्ने पक्राउ

alt
  • आश्विन १०, २०७८
  • अपराध न्यूज

ताप्लेजुङको फुङलिङ ५ मा मृत भेटिएकी १८ वर्षीया युवतीको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले मृतक १८ वर्षीया पुष्पा तबेबुङको हत्या आरोपमा फुङलिङ नगरपालिका–१० फुरुम्बुका राम कार्कीलाई पक्राउ गरेको छ । 

युवतीको शव शुक्रबार बिहान चौतारा छेउमा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी बालनरसिंह राणाका अनुसार पक्राउ गरिएका कार्कीले युवतीको हत्या स्वीकार गरेको जानकारी दिए । 

दुवैबीच नौ महिनादेखि प्रेममा रहेको र सँगै मर्ने भन्दै युवतीलाई फकाएर कार्कीले बाइक मार्फत फुङलिङ नगरपालिका–५ को सेते चौतारा छेउमा पुर्‍याई विष सेवन गराएर पहाडबाट धकेलेको अनुसन्धानबाट खुलेको छ । 

युवतीलाई धकेलेको भनिएको पहाडबाट झन्डै सय मिटर तल शव भेटिएको थियो । शव भेटिएको स्थानदेखि केही माथि मेटासिटको बोतल समेत बरामद भएको थियो ।  हत्यामा संलग्न भएको आरोपमा कार्कीलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको डीएसपी राणाले बताए । 

 

सम्बन्धित समाचारहरु

झापाका मासु व्यवसायी ...

कार्तिक २५ मा झापा बिर्तामोड– ५ का ५० वर्षीय मासु व्यवसायी इन्द्रबहादुर मगरको आफ्नै पसलमा धारि ...

इटहरीमा बाल विवाह गर ...

इटहरीमा बाल विवाह गरको अभियोगमा बेहुला बेहुलीसहित ४ जनालाई वाल विवाह मुद्दा चलाइएको छ । इटहरी २ स्थि ...

धरानको विनोद मृत्य प ...

मनोज भुजेल । सुनसरीको धरान ५ सुन्दर बस्तीमा गत साउन १४ गते ४७ वर्षीय विनोद लिम्बुको शव आफ्नै घर ...

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved