इटहरीमा छुरा प्रहारबाट एक युवकको मृत्यु, घरमा आगजनी

alt
  • आश्विन ८, २०७८
  • अपराध न्यूज

इटहरी ३ स्थित सुनौलो बस्ती (ख) मा छुरा प्रहारबाट एकजनाको मृत्यु भएको छ । स्थानीय ५८ बर्षिया देवी प्रसाद अधिकारीको छुरा प्रहारबाट सोही स्थान बस्ने बर्ष २२ का राजु थापाको मृत्यु भएको हो । 

छुरा प्रहार गर्ने अधिकारी र मृत्यु हुने थापा छिमेकी हुन । दिउसो भएको सामान्य विवादको विषयलाई लिएर अधिकारी र थापाबीच भएको विवादको क्रममा अधिकारीले छुरा प्रहार गरेको इटहरी ३ नं. वडाध्यक्ष बालकृष्ण बिष्टले अपराध न्युजलाई जानकारी दिए ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका थापाको उपचारको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको बिष्टले बताए । 

थापाको मृत्यु भए पश्चात आक्रोशित स्थानीय र आफन्तले अधिकारीको घरमा आगजनी गरेका छन् । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी अर्जुन केसीका अनुसार छुरा प्रहार गर्ने अधिकारीलाई नियन्त्रणमा लिइएको छ । 

सामान्य घरायसी विवादमा छुरा प्रहार भएको हो, छुरा प्रहार गर्ने व्यक्ति पनि घाइते भएको अवस्था उनले भने ।

घटना दिउसो ३.४० मा भएको प्रहरीले जनाएको छ । 

 

सम्बन्धित समाचारहरु

झापाका मासु व्यवसायी ...

कार्तिक २५ मा झापा बिर्तामोड– ५ का ५० वर्षीय मासु व्यवसायी इन्द्रबहादुर मगरको आफ्नै पसलमा धारि ...

इटहरीमा बाल विवाह गर ...

इटहरीमा बाल विवाह गरको अभियोगमा बेहुला बेहुलीसहित ४ जनालाई वाल विवाह मुद्दा चलाइएको छ । इटहरी २ स्थि ...

धरानको विनोद मृत्य प ...

मनोज भुजेल । सुनसरीको धरान ५ सुन्दर बस्तीमा गत साउन १४ गते ४७ वर्षीय विनोद लिम्बुको शव आफ्नै घर ...

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved