संखुवासभा हत्या प्रकरण : लोकबहादुर बाहेक थप ४ जना हत्यामा संलग्न भएको पुष्टि

alt
  • आश्विन ४, २०७८
  • अपराध न्यूज

संखुवासभा मादी नगरपालिका १ खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या प्रकरणमा थप चार जनाको संलग्नता पुष्टि भएको छ ।घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले लोकबहादुर कार्कीका भाइसहित अन्य चार जनालाई पक्राउ गरी आज सार्वजनिक गर्ने तयारी गरिएको छ ।

लोकबहादुर यसअघि प्रहरीले अभियुक्त भनिएर सार्वजनिक गरिएका व्यक्ति हुन्। विभिन्न बयान र अन्य तथ्यको आधारमा थप चार जनाको संलग्नता पुष्टि भएको आधारमा सार्वजनिक गर्न लागिएको अनुसन्धानमा खटिएका एसपी भीम दाहालले जानकारी दिए।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका चार जनामध्ये दुई जना हत्या गर्ने कार्यमै संलग्न, एक जना शव व्यवस्थापन र एक जना घटना लुकाउने कार्यमा प्रत्यक्ष संलग्न भएको अनुसन्धानले देखाएको छ ।

उनीहरूको थप भूमिकाको विषयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने छ । साथै लोकबहादुरको घरबाट थप शङ्कास्पद बस्तु र घटनामा प्रयोग भएको अर्काे हतियार समेत बरामद भएको प्रहरी स्रोतको दाबी छ । 

प्रहरी टोलीले आइतबार लोकबहादुरको घरबाट रगत लागेका थप कपडाहरू बरामद गरेको थियो । प्रहरीले स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा खानतलासी गरी बाकसभित्र लुकाइएका रगतको टाटो लागेका चिसा कपडाहरू बरामद गरेको जनाइएको छ ।

सम्बन्धित समाचारहरु

झापाका मासु व्यवसायी ...

कार्तिक २५ मा झापा बिर्तामोड– ५ का ५० वर्षीय मासु व्यवसायी इन्द्रबहादुर मगरको आफ्नै पसलमा धारि ...

इटहरीमा बाल विवाह गर ...

इटहरीमा बाल विवाह गरको अभियोगमा बेहुला बेहुलीसहित ४ जनालाई वाल विवाह मुद्दा चलाइएको छ । इटहरी २ स्थि ...

धरानको विनोद मृत्य प ...

मनोज भुजेल । सुनसरीको धरान ५ सुन्दर बस्तीमा गत साउन १४ गते ४७ वर्षीय विनोद लिम्बुको शव आफ्नै घर ...

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved