प्रहरी हेडक्वाटरद्धारा १ नं. प्रदेश डिआइजीसहित ५ प्रहरी पुरस्कृत, बढुवामा सहयोग पुग्ने

alt
  • आश्विन १, २०७८
  • अपराध न्यूज

प्रहरी प्रधान कार्यालयले संखुवासभा जिल्लाको मादी हत्या प्रकरणमा सफल अनुसन्धान गर्ने प्रहरी अधिकारीहरूलाई नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको छ ।

घटनाको सफल अनुसन्धान तथा घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्नमा कुशलतापूर्वक पूर्ण इमानदार एवं निष्ठाकासाथ प्रशंसनीय कार्य गरेको भन्दै १ नं. प्रदेश प्रहरी प्रमुख डिआइजीसहित ५ जना प्रहरी अधिकारीहरू पुरस्कृत भएका हुन । पुरस्कृत हुने प्रहरीहरूमा १ नं. प्रदेश प्रहरी प्रमुख डिआइजी अरुण कुमार बिसी, सङ्घीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहाल, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी लाल ध्वज सुवेदी, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक मणिराम थापा र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको रिजनल इन्भेष्टिगेशन टिम (आरआटी) का इन्चार्ज प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङ रहेका छन् ।

प्रहरी प्रधान कार्यालयले प्रदेश डिआइजी बिसीलाई २५ सय, एसपी दाहाललाई २२ सय, डिएसपी सुवेदीलाई २ हजार र प्रहरी निरीक्षकद्धय थापा र नेम्बाङलाई १८ सय रुपैयाँ नगदबाट पुरस्कृत गरिएको जनाइएको छ ।

उनीहरूले सम्पादन गरेको प्रशंसनीय कार्यको कदर स्वरूप प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १५ को नियम १९७ को देहाय (क) बमोजिम अभिलेखमा जानिने गरी प्रहरी प्रधान कार्यालयले उहाँहरूलाई बिहीबार नगद पुरस्कारद्वारा पुरस्कृत गरेको हो । अभिलेखमा जानिने गरी गरिएको यो पुरस्कारले पाँच जना प्रहरी अधिकारीहरूको बढुवामा समेत सहयोग पुग्ने बताइएको छ ।

सम्बन्धित समाचारहरु

झापाका मासु व्यवसायी ...

कार्तिक २५ मा झापा बिर्तामोड– ५ का ५० वर्षीय मासु व्यवसायी इन्द्रबहादुर मगरको आफ्नै पसलमा धारि ...

इटहरीमा बाल विवाह गर ...

इटहरीमा बाल विवाह गरको अभियोगमा बेहुला बेहुलीसहित ४ जनालाई वाल विवाह मुद्दा चलाइएको छ । इटहरी २ स्थि ...

धरानको विनोद मृत्य प ...

मनोज भुजेल । सुनसरीको धरान ५ सुन्दर बस्तीमा गत साउन १४ गते ४७ वर्षीय विनोद लिम्बुको शव आफ्नै घर ...

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved