सङ्खुवासभाको सामूहिक हत्या प्रकरण : हत्या आरोपमा ‘भतिज’ पक्राउ

alt
  • भदौ २६, २०७८
  • अपराध न्यूज

सङ्खुवासभाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आरोपमा एक पुरुषलाई पक्राउ गरिएको छ । सङ्खुवासभाको मादी नगरपालिका वडा नम्बर–१ का ९१ वर्षीय बौद्धमान कार्कीको ६ जना परिवारको सामूहिक हत्या अनुसन्धानमा खटिएको प्रहरीको संयुक्त अनुसन्धान टोलीले मृतकका आफन्त पर्ने २६ वर्षीय लोकबहादुर कार्कीलाई हत्याको आरोपमा पक्राउ गरिएको हो ।

लोकबहादुरको घरबाट रगत लागेको कपडा बरामद भएपछि प्रहरीले उनी विरुद्ध दुई दिनदेखि अनुसन्धान गरिरहेको थियो । अनुसन्धानको क्रममा लोकबहादुरले शनिवार बिहान २ बजे मात्र हत्या स्वीकार गरेपछि उनलाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा लगिएको छ ।

लोकबहादुरले घटना भएको दिन लगाएको सर्टमा रगतको टाटा देखिएपछि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो । तर उनी मानसिक बिरामी भएको बताइएको छ ।

उनको सर्टमा लागेको रगतको ब्लड स्याम्पल टेस्ट परीक्षण गर्न सर्टलाई केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला सामाखुसी पठाइएको छ । सर्टमा भएको ब्लड स्याम्पल टेस्टको परीक्षणको रिर्पाेट र घटनामा प्रयोग भएको हतियार बरामद भएपछि मात्र उनलाई सार्वजनिक गरिने जनाइएको छ ।

१ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुणकुमार बिसीले हत्यामा संलग्न भएको आरोपमा  एक जनालाई पक्राउ गरिएको पुष्टि गरे । ‘थप अनुसन्धान भइरहेको छ, सम्पूर्ण प्रक्रिया पुरा गरेर र घटनामा प्रयोग भएको हतियारका साथै थप प्रमाण सङ्कलन गरेर अभियुक्त चाडै सार्वजनिक गर्ने तयारी गरेका छौ’ उनले भने ।

व्यक्तिगत रिसिबीका कारण हत्या भएको प्रहरीले जनाएको छ । पक्राउ परेका लोकबहादुरले घटना पश्चात् विभिन्न युट्युब च्यानलहरूलाई अन्तरवार्ता समेत दिएको पाइएको छ ।  पक्राउ परेका लोकबहादुर मृतक तेजबहादुर कार्कीका भतिज पर्ने भएको बताइएको छ।

सम्बन्धित समाचारहरु

प्रहरी हेडक्वाटरद्धा ...

प्रहरी प्रधान कार्यालयले संखुवासभा जिल्लाको मादी हत्या प्रकरणमा सफल अनुसन्धान गर्ने प्रहरी अधिकारीहर ...

सङ्खुवासभा सामूहिक ह ...

मनोज भुजेल- सङ्खुवासभाको सामूहिक हत्या प्रकरणमा परिचित व्यक्तिनै संलग्न हुन सक्ने आधारबाट प्रहरीले अ ...

सङ्खुवासभा हत्या प्र ...

सङ्खुवासभाको मादीमा सोमबार एकै परिवारका ६ सदस्यको ‘सामूहिक हत्या’ अनुसन्धानमा प्राविधिक ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved