सङ्खुवासभा सामूहिक हत्या प्रकरण : ‘सूचना सङ्कलन’ गदै अनुसन्धान टोली

alt
  • भदौ २५, २०७८
  • अपराध न्यूज

मनोज भुजेल- सङ्खुवासभाको सामूहिक हत्या प्रकरणमा परिचित व्यक्तिनै संलग्न हुन सक्ने आधारबाट प्रहरीले अनुसन्धानलाई फराकिलो बनाउँदै लगेको छ । हत्यामा संलग्न व्यक्ति आफन्त वा छरछिमेक हुन सक्ने कोणबाट संयुक्त अनुसन्धान टोलीले मानवीय (मेनुअल्ली) र प्राविधिक (टेक्निकल) दुवै कोणबाट अनुसन्धान गरिरहेको छ ।

जसको लागि प्रहरीले मृतक कार्की परिवारका आफन्त तथा छरछिमेकीहरुको सूचना सङ्कलन गरिरहेको छ । मानवीय अनुसन्धानमा सबै भन्दा महत्त्वपूर्ण पक्ष नाता गोता तथा छरछिमेकबिच मृतक परिवारको सम्बन्ध कस्तो थियो भन्ने विषयमा सूचना सङ्कलन गरिन्छ । त्यस्तै कसैसँग भएको विवाद, रिस, आर्थिक लेनदेन, अवैध सम्बन्ध जस्ता सानासाना कुराहरूलाई आधार बनाएर अनुसन्धान टोलीले सूचना सङ्कलन र विश्लेषण गरिरहेको हो ।

अनुसन्धान टोलीले जिल्ला भरका अपराधीक गतिविधिमा संलग्न भएकाहरूको पनि विवरण सङ्कलन गरिरहेको छ । अपराध अनुसन्धानको कोणबाट यदि कुनै परिवारको सदस्य एक भन्दामाथि मारिन्छ भने त्यसमा नजिक वा चिनेको व्यक्ति संलग्न हुने तथ्यलाई टेकेर अनुसन्धान फराकिलो बनाउँदै लगिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले अपराध न्युजलाई जानकारी दिए ।

‘नजिक वा चिनेको व्यक्ति यदि घटनामा संलग्न छ भने उसको पहिचान खुल्ने डरले सबैको हत्या गरेर आफूलाई सुरक्षित बनाउने हत्याराको योजना हुने सम्भावना हुन्छ,’ उनले भने , ‘यस आधारबाट पनि यो घटनामा ७ वर्षीय बालिकाको पनि हत्या भएको छ ।’ तर यो घटनामा संलग्न हत्यारा प्रोफेसनल हुन सक्ने आधारहरू पनि भेटिएको अनुसन्धान अधिकृत बताउँछन् ।

प्रहरीलाई गम्भीर र आश्चर्यमा पारेको पक्ष भने सबैको शव घोप्टो परेको अवस्थामा थिए । ७ वर्षीय गोमा बाहेक सबैको टाउकोमा भारी बस्तुले प्रहार गरी हत्या गरेको पोस्टमार्टमको प्रारम्भिक अनुसन्धानले देखाएको छ । तर ७ वर्षीय गोमा कार्कीको भने टाउको बटारेर हत्या गरिएको छ । त्यस्तै मृतक चप्पल र गम बुटमा छन् । र हत्यामा प्रयोग भएको हतियार अहिलेसम्म फेला पर्न सकेको छैन ।

यो सामूहिक हत्यामा एक भन्दा बढीको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ । एकै जनाले फरक फरक स्थानमा त्यो पनि घर बाहिर (ओपन एरिया) मा पालैपालो हत्या गर्न सम्भव नहुन सक्छ । र अहिलेसम्मको सिडिआर विश्लेषणबाट पनि हत्याराले मोबाइल प्रयोग नगरेको देखाएको छ ।

तर क्राईम इन्भेष्टिगेशन क्षेत्रमा प्रोफेसनल भएर काम गरेका प्रहरी अधिकृत नै यो घटना अनुसन्धानको टिममा रहेको कारण ढिलो चाडो घटनाको तथ्यमा पुगेर अपराधी पक्राउ पर्ने नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्ल ठकुरी बताउँछन् ।

Hemanta-Malla-Thakuri N मल्लको अनुभवले पनि यो सामूहिक हत्यामा चिनजानकै व्यक्ति संलग्न भएको बताउँछ । परिवार नै सखाप हुने गरी भएका यस्ता हत्यामा कहिले कहाँ कारण ठुलो नचाइने उनी बताउँछन् । अहिले अनुसन्धान अधिकृतले गरिरहेको जमिनी (फिल्ड) अनुसन्धानको परिणाम ढिलो तर तथ्यमा बेस भएर आउने पूर्व डिआइजी मल्लको धारणा छ ।

घटना अनुसन्धानमा खटिएको प्रहरी टोलीलाई मृतक परिवार तथा अन्य कसैको प्रेसरमा आएर अनुसन्धान चाँडो सक्ने तर्फ नजान उनी आग्रह गर्छन् । कुनै पक्षको पनि प्रेसरमा नआई समय लिएर अनुसन्धान गर्नु पर्ने हुन्छ किन भने अपराध अनुसन्धानको कुनै ‘टाइम लाइन’ हुन्न उनी भन्छन् । अहिले यो घटनाको अनुसन्धानको लागि केन्द्रबाट सिआइबीको टोलीसँगै १ नं. प्रदेश प्रहरी प्रमुख डिआइजी समेत फिल्डमा खटिदा अनुसन्धानमा खटिने प्रहरीहरूको मनोबल बढ्ने मल्लको तर्क छ । प्रहरी सङ्गठन भित्र अपराध अनुसन्धानमा राम्रो कार्यक्षमता देखाएका डिआइजी अरुण कुमार बिसी, एसपी भीम दाहाल र सिआइबीका डिएसपी रुगम कुवर जस्ता प्रहरी यो घटना अनुसन्धानमा परिचालित भइरहँदा अपराधी चाडै पक्राउ पर्ने उनले बताए ।

यता प्रहरीका विभिन्न अनुसन्धान टोलीले सूक्ष्म अध्ययन तथा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । भौगोलिक विकटता, निरन्तर वर्षा, सञ्चार र यातायातको असुविधा लगायतका चुनौतीका बिच अनुसन्धान प्रगतितर्फ उन्मुख रहेको उनको दाबी छ । अनुसन्धानलाई जतिसक्दो चाँडो निष्कर्षमा पुर्‍याउन प्रहरी सक्रिय रूपमा लागेको समेत डिएसपी सुवेदीले अपराध न्युजलाई बताए ।

यो हत्या प्रकरणमा ९१ वर्षीय बौद्धमान कार्कीको परिवार नै सखाप भएको थियो । घरमा रहेका ७ जनामध्ये वृद्ध अवस्थाका उनी मात्रै सकुशल भेटिएका थिए । बौद्धमानकी पत्नी ८४ वर्षीय पार्वता कार्की, छोरा ५८ वर्षीय तेजबहादुर कार्की र तेजबहादुरकी पत्नी ५२ वर्षीय कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की र नातिनातिना ११ वर्षीय दीपेन र ७ वर्षीय गोमा कार्कीको गत भदौ २१ गते हत्या भएको हो ।

सम्बन्धित समाचारहरु

प्रहरी हेडक्वाटरद्धा ...

प्रहरी प्रधान कार्यालयले संखुवासभा जिल्लाको मादी हत्या प्रकरणमा सफल अनुसन्धान गर्ने प्रहरी अधिकारीहर ...

सङ्खुवासभाको सामूहिक ...

सङ्खुवासभाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आरोपमा एक पुरुषलाई पक्राउ गरिएको छ । सङ्खुवासभाको मा ...

सङ्खुवासभा हत्या प्र ...

सङ्खुवासभाको मादीमा सोमबार एकै परिवारका ६ सदस्यको ‘सामूहिक हत्या’ अनुसन्धानमा प्राविधिक ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved