सङ्खुवासभाको ‘सामूहिक हत्या’ प्रकरण : पोस्टमार्टमको लागि शव धरान ल्याइयो

alt
  • भदौ २३, २०७८
  • अपराध न्यूज

सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा हत्या गरिएका ६ जनाको शव पोस्टमार्टमको लागि धरान ल्याइएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मङ्गलवार बिहान १ बजे शव ल्याइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

घटनास्थल मादीबाट ट्याक्टर मार्फत सदरमुकाम चैनपुर बजार ल्याइएको शव  दुई वटा शव बहानमा राखेर धरान ल्याइएको हो ।शवसँगै मृतकका आफन्तहरू समेत धरानस्थित बिपी प्रतिष्ठान आएका छन् ।

‘राती शव ल्याइयो, पोस्टमार्टमको लागि आफन्तहरू भेला भएर अहिले पोस्टमार्टमको लागि कागजी प्रक्रिया सुरु गरेका छौ,’ धरानका प्रहरी निरीक्षक हेमराज ओलीले अपराध न्युजसँग भने, ‘आजैबाट पोस्टमार्टमको काम सुरु हुनसक्छ ।’

अनुसन्धानमा खटिएको प्रहरीको फरेन्सिक टोलीले प्रारम्भिक लेबलबाट मृतकहरूको टाउकोमा देखिएको गम्भीर चोटका कारण मृत्यु भएको बताएका छन् । सम्भवतः पछाडिबाट भारी बस्तुले गम्भीर चोट लाग्ने गरी हिर्काएर हत्या गरेको हुनसक्ने देखिएको छ । तर हालसम्म हत्यामा प्रयोग भएको हतियार फेला परेको छैन ।

प्रहरीले धरानका एक जना फरेन्सिक सम्बन्धी तालिम प्राप्त चिकित्सकलाई पनि घटनास्थलमा लगेको थियो । उनले सोमबार बिहान झिसमिसेमै घटना भएको हुनसक्ने आशङ्का गरेका छन् ।

सम्बन्धित समाचारहरु

प्रहरी हेडक्वाटरद्धा ...

प्रहरी प्रधान कार्यालयले संखुवासभा जिल्लाको मादी हत्या प्रकरणमा सफल अनुसन्धान गर्ने प्रहरी अधिकारीहर ...

सङ्खुवासभाको सामूहिक ...

सङ्खुवासभाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आरोपमा एक पुरुषलाई पक्राउ गरिएको छ । सङ्खुवासभाको मा ...

सङ्खुवासभा सामूहिक ह ...

मनोज भुजेल- सङ्खुवासभाको सामूहिक हत्या प्रकरणमा परिचित व्यक्तिनै संलग्न हुन सक्ने आधारबाट प्रहरीले अ ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved