सङ्खुवासभाको ‘सामूहिक हत्या’ प्रकरण : शव पोस्टमार्टमको लागि धरान ल्याइँदै

alt
  • भदौ २२, २०७८
  • अपराध न्यूज

सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा हत्या गरिएका ६ जनाको शव २८ घण्टापछि प्रहरीले उठाएको छ । लास जाँच प्रकृति मुचुल्का विवरण उठाएपछि शवलाई पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउन लागिएको हो । 

दिउँसो १ः३० बजेतिर ६ जनाकै शवलाई ट्याक्टरमा राखेर धरानतर्फ ल्याइँदै छ । सोमबार बिहान साढे ९ बजे एकै परिवारका ६ जना हत्या गरिएको अवस्थामा फेला परेका थिए । भौगोलिक विकटता भएका कारण शव उठाउन समय लागेको प्रदेश १ का डिआइजी अरुणकुमार बिसीले जानकारी दिए ।

बर्खाका समयमा बाढी एवं पहिरोले सडक पनि बिगारेका कारण शव धरानसम्म ल्याइपुर्‍याउन समय लाग्ने उनले बताए । प्रहरीले शव पोस्टमार्टमका लागि पठाउँदै घटनाका बारेमा थप अनुसन्धान अघि बढाएको जानकारी उनले दिए ।  

शव उठेपछि घटना अनुसन्धानको लागि खटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा, सङ्घीय प्रहरी इकाई कार्यालय धरान र केन्द्रीय अनुसन्धान ब्युरोको संयुक्त टोलीले थप अनुसन्धान गर्नेछ ।

 

सम्बन्धित समाचारहरु

प्रहरी हेडक्वाटरद्धा ...

प्रहरी प्रधान कार्यालयले संखुवासभा जिल्लाको मादी हत्या प्रकरणमा सफल अनुसन्धान गर्ने प्रहरी अधिकारीहर ...

सङ्खुवासभाको सामूहिक ...

सङ्खुवासभाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आरोपमा एक पुरुषलाई पक्राउ गरिएको छ । सङ्खुवासभाको मा ...

सङ्खुवासभा सामूहिक ह ...

मनोज भुजेल- सङ्खुवासभाको सामूहिक हत्या प्रकरणमा परिचित व्यक्तिनै संलग्न हुन सक्ने आधारबाट प्रहरीले अ ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved