काँग्रेस नेताको ‘सोर्सफोर्स’ मा गुन्डा नाइके गिरी फेरी मोरङ कारागारमा

alt
  • भदौ २१, २०७८
  • अपराध न्यूज

अपहरण मुद्दामा जेल सजाय भोगिरहेका गुन्डा नाइके अभिषेक गिरी काँग्रेस नेताहरूको ‘सोर्सफोर्स’ मा जिल्ला कारागार मोरङमा सरुवा भएका छन् । एउटा कारागारबाट सरुवा भएका व्यक्तिलाई पुनः सोही कारागारमा सरुवा गर्न नमिल्ने प्रावधान भएपनि गिरी काँग्रेस नेताहरूको सोर्सफोर्सबाट मोरङ फेरी आउन लागेका हुन ।

जिल्ला कारागार मोरङ स्रोतका अनुसार गिरीलाई सोमबार विराटनगर ल्याइने बताइएको छ ।

नेपाली काँग्रेसका नेताहरूको संरक्षण पाएका गिरी जिल्ला कारागार मोरङमा रहँदा चौकीदार थिए । चौकीदारको रूपमा रहँदा कारागार भित्रैबाट बजारमा फिरौती उठाएको र कारागार भित्र कैदी बन्दीलाई बढी यातना दिएको गुनासो आएपछि २०७४ साल चैत २३ गते विराटनगरबाट डिल्लीबजार कारागार सरुवा भएको थियो । उनको सरुवाको विरोधमा कारागार भित्र आन्दोलन भएको थियो । तर पुनः मोरङको चौकीदार बनाउनका लागि उनलाई विराटनगर ल्याउन लागिएको जनाइएको छ । पाँच महिनायता काङ्ग्रेस नेताहरूले गिरीलाई विराटनगर ल्याउन खोजेका थिए ।

प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएपछि उनी निकट मोरङका नेताले गिरीलाई विराटनगर ल्याउन लबिङ गरेका थिए । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले सरुवा विराटनगर कारागारमा हुन लागेको पुष्टि गरे ।

गिरीसहित चार जनाको विराटनगर सरुवा भएको उनले बताए । गिरी विराटनगर महानगरपालिका ११ घर निवासी हुन ।

सम्बन्धित समाचारहरु

प्रहरी हेडक्वाटरद्धा ...

प्रहरी प्रधान कार्यालयले संखुवासभा जिल्लाको मादी हत्या प्रकरणमा सफल अनुसन्धान गर्ने प्रहरी अधिकारीहर ...

सङ्खुवासभाको सामूहिक ...

सङ्खुवासभाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आरोपमा एक पुरुषलाई पक्राउ गरिएको छ । सङ्खुवासभाको मा ...

सङ्खुवासभा सामूहिक ह ...

मनोज भुजेल- सङ्खुवासभाको सामूहिक हत्या प्रकरणमा परिचित व्यक्तिनै संलग्न हुन सक्ने आधारबाट प्रहरीले अ ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved