सङ्खुवासभाको मादीमा एकै परिवारका ६ जनाको ‘सामूहिक हत्या’

alt
  • भदौ २१, २०७८
  • अपराध न्यूज

सङ्खुवासभाको मादी नगरपालिका १, खोला गाउँमा एकै परिवारका ६ जनाको शङ्कास्पद अवस्थामा शव फेला परेको छ । सबै हत्या भएको आशङ्का गरिएको छ । मृतकको टाउको र  शरीर भर धारिलो हतियार प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्थानीय तेजबहादुर कार्कीको घरमा यो घटना भएको प्रहरीले जनाएको छ । 

कार्कीको घरमा चहलपहल नभएपछि स्थानीय छिमेकीले हेर्दा सबै मृत अवस्थामा भेटेपछि प्रहरीलाई जानकारी गराएको हो । शव फेला पर्नेहरूमा ५८ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीय पार्वता कार्की, श्रीमती ५६ वर्षीय मनमाया कार्की, २८ वर्षीय बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की  र ५ वर्षीय नातिनी गोमा कार्की छन् ।

घटनाको थप विवरण बुझ्नका लागि डिएसपी लालध्वज सुवेदीसहितको प्रहरी टोली घटनास्थलतर्फ पुग्दै छ ।

१ नं. प्रदेश प्रहरी कार्यालयका डिआइजी अरुण कुमार बिसीका अनुसार सबैको धारिलो हतियारबाट हत्या भएको अपराध न्युजसँग पुष्टि गरे । ‘डिएसपीसाँव सहितको टोली घटनास्थल पुग्नै लागेको अवस्था छ’ बिसीले भने ‘पुगेपछि सबै विवरण खुल्ने छ ।’ शव बाटोमा, कसैको बारीमा र कसैको खोल्सामा भेटिएको उनले बताए । 

हाल प्रहरीले घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान अगाडी बढाएको छ ।

सम्बन्धित समाचारहरु

प्रहरी हेडक्वाटरद्धा ...

प्रहरी प्रधान कार्यालयले संखुवासभा जिल्लाको मादी हत्या प्रकरणमा सफल अनुसन्धान गर्ने प्रहरी अधिकारीहर ...

सङ्खुवासभाको सामूहिक ...

सङ्खुवासभाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आरोपमा एक पुरुषलाई पक्राउ गरिएको छ । सङ्खुवासभाको मा ...

सङ्खुवासभा सामूहिक ह ...

मनोज भुजेल- सङ्खुवासभाको सामूहिक हत्या प्रकरणमा परिचित व्यक्तिनै संलग्न हुन सक्ने आधारबाट प्रहरीले अ ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved