३१ बर्षपछि सुनसरीको सीमावर्ती क्षेत्रमा इन्स्पेक्टरको कमान्डमा इलाका प्रहरी कार्यालय

alt
  • भदौ १६, २०७८
  • अपराध न्यूज

मनोज भुजेल : सुनसरीको दक्षिणवर्ती सीमा क्षेत्रमा पहिलो प्रहरी निरीक्षकको कमान्डमा इलाका प्रहरी कार्यालय स्थापना गरी सेवा प्रवाह सुरु गरिएको छ । भारतीय सीमा नजिक पर्ने देवानगन्ज गाउँपालिका नजिकै नव निर्मित भवनबाट प्रहरीले बुधवारबाट सेवा प्रवाह सुरु गरेको हो ।

जहाँ प्रहरी निरीक्षक बद्री दाहाललाई काजमा खटाइएको छ र उनी इलाका प्रहरीको पहिलो इन्चार्ज हुन ।

सुनसरीको दक्षिणवर्ती क्षेत्रमा प्राय प्रहरी चौकीमा असईको नेतृत्वमा प्रहरी परिचालन हुने गर्दथ्यो । तर अहिले इलाका प्रहरी कार्यालय देवानगन्जमा प्रहरी निरीक्षकको कमान्डसँगै प्रहरीको थप जनशक्ति थपिएको छ । २०४७ सालमा ऐलानी जग्गामा बनेको एक तले भवन जीर्ण बन्दै गर्दा पनि प्रहरीको १२ जनाको जनशक्तिले देवानगन्जसहित सीमा क्षेत्रको सुरक्षा गदै आएको थियो ।

तर अहिले प्रहरी निरीक्षकको कमान्डमा १२ जना थप प्रहरी गरेर अहिले २४ जना प्रहरीबाट सेवा सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले अपराध न्युजलाई जानकारी दिए ।

प्रहरी निरीक्षकसहितको जनशक्ति थप भएसँगै सीमा क्षेत्रमा हुने चोरी तस्करी, सीमा अपराध तथा घरेलु हिंसाका घटनामा कमी आउने थापाको भनाई छ ।

‘३१ बर्षपछि सीमा क्षेत्रमा प्रहरी निरीक्षक पठाइएको हो’, थापाले भने ‘अब यो कार्यालयको कार्यक्षेत्र अधिकार र यसको दरबन्दी कायमको लागि काम बाँकी छ ।’ यो कार्यालयको सेवा प्रवाहले दक्षिण वर्ती सीमा क्षेत्रका बासिन्दालाई शान्ति सुरक्षाको महसुस र जिल्ला प्रहरी कार्यालय धाउनु पर्ने समस्या हल भएको प्रहरी उपरीक्षक थापा बताउँछन् ।

हाल यो कार्यालयलाई दुई वटा मोटरसाइकल र ४ थान साइकल समेत हस्तान्तरण गरिएको उनले अपराध न्युजसँग बताए । ‘गाडी पुराना भएकाले थन्किएको अवस्था छ, त्यसलाई रि युज गर्न सकिन्छ वा नयाँ गाडी उपलब्ध गराउने विषयमा हामी छलफलमा छौ ।’

240801186_583569296137778_2310530804493842662_n १ नं. प्रदेश सरकारको बजेटबाट नव निर्मित यो भवन निर्माणको लागि करिब २ करोड रुपैयाँ खर्च भएको छ भने स्थानीय महादेव दंतले यो भवन निर्माणको लागि १० कठा जमिन दानमा उपलब्ध गराएका हुन। कार्यालयको आन्तरिक व्यवस्थापनमा देवानगन्ज गाउँपालिकाले पनि सहयोग गरेको जनाइएको छ ।

सम्बन्धित समाचारहरु

प्रहरी हेडक्वाटरद्धा ...

प्रहरी प्रधान कार्यालयले संखुवासभा जिल्लाको मादी हत्या प्रकरणमा सफल अनुसन्धान गर्ने प्रहरी अधिकारीहर ...

सङ्खुवासभाको सामूहिक ...

सङ्खुवासभाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आरोपमा एक पुरुषलाई पक्राउ गरिएको छ । सङ्खुवासभाको मा ...

सङ्खुवासभा सामूहिक ह ...

मनोज भुजेल- सङ्खुवासभाको सामूहिक हत्या प्रकरणमा परिचित व्यक्तिनै संलग्न हुन सक्ने आधारबाट प्रहरीले अ ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved