सीमावर्ती प्रहरी प्रमुखलाई आइजिपीको निर्देशन : तस्करीलाई पूर्णरुपमा निस्तेज पार्नु

alt
  • भदौ ८, २०७८
  • अपराध न्यूज

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीमामा खटिने प्रहरी कार्यालय प्रमुखहरूले समानता, निष्पक्षता र सन्तुलित भएर जिम्मेवारी वहन गर्दै  सीमा अपराध, लागूऔषध कारोबार तथा तस्करीलाई पूर्णरुपमा निस्तेज पार्नुपर्ने बताउनुभएको छ ।

प्रहरी प्रधान कार्यालयबाट मङ्गलवार भिडियो कन्फ्रेन्सद्वारा प्रदेश प्रहरी कार्यालयका प्रमुख, सङ्घीय प्रहरी इकाई कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख र सीमा प्रहरी चौकीका प्रमुखहरूलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनुभएको हो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी कर्मचारीहरूलाई सामाजिक हैसियतको ख्याल राखी मिठो बोली बचन, इमान र पूर्ण व्यावसायिकताका साथ सङ्गठनप्रति उत्तरदायी हुँदै जिम्मेवारी वहन गर्न सीमा प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिनुभयो ।

सीमा पार सम्बन्धलाई उत्कृष्ट बनाई पारस्परिक हितलाई संस्थागत हितमा उपयोग गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्राप्त प्रहरी जनशक्तिलाई उचित व्यवस्थापन गर्दै अन्य सुरक्षा निकायसँगको समन्वयमा सीमा क्षेत्रमा हुने विभिन्न अपराध न्यूनीकरणका लागि दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभयो ।

सम्बन्धित समाचारहरु

प्रहरी हेडक्वाटरद्धा ...

प्रहरी प्रधान कार्यालयले संखुवासभा जिल्लाको मादी हत्या प्रकरणमा सफल अनुसन्धान गर्ने प्रहरी अधिकारीहर ...

सङ्खुवासभाको सामूहिक ...

सङ्खुवासभाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आरोपमा एक पुरुषलाई पक्राउ गरिएको छ । सङ्खुवासभाको मा ...

सङ्खुवासभा सामूहिक ह ...

मनोज भुजेल- सङ्खुवासभाको सामूहिक हत्या प्रकरणमा परिचित व्यक्तिनै संलग्न हुन सक्ने आधारबाट प्रहरीले अ ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved