१ नं. प्रदेश प्रहरीलाई आइजिपीको निर्देशन : शून्य सहनशीलताको अक्षरशः पालना गर्नु

alt
  • श्रावण २८, २०७८
  • अपराध न्यूज

नेपाल प्रहरीका प्रमुख आइजिपी शैलेश थापा क्षेत्रीले शून्य सहनशीलताको अक्षरशः पालना गर्न १ नं. प्रदेशका जिल्ला प्रहरी प्रमुखहरू तथा प्रदेश डिआइजीलाई निर्देशन दिएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको बुधवार अवलोकन भ्रमणको क्रममा प्रहरी प्रमुखहरूलाई निर्देशन दिनु हुँदै आर्थिक मामलामा प्रहरी कुनै हालतमा विवाद र आरोपमा नपर्न निर्देशन दिएका हुन ।

थापाले प्रहरी सेवा विनम्र बन्ने तर कमजोर नबन्न जिल्ला प्रहरी प्रमुख र प्रदेश डिआइजीलाई सुझाए । 

हरी कर्मचारीहरूको आचार संहिता सम्बन्धी कार्यादेश २०७७ को अक्षरशः पालना गर्दै नागरिक मैत्री प्रहरीको अवधारणा अनुसार हरेक क्षेत्रका ब्यक्तित्वहरुसंग समन्वय गरी नागरिकलाई छिटो छरितो एवं पारदर्शी प्रहरी सेवा उपलब्ध गराउने कार्यमा दत्तचित्त भएर लाग्न आइजिपीको निर्देशन थियो । साथै प्रमाण र परिणाममुखी अनुसन्धान पद्धतिबाट आम नागरिकहरूलाई प्रत्याभूत हुने गरीको सुरक्षा व्यवस्था मिलाउन तथा विविध अपराधीक घटनाहरू नियन्त्रणमा बहु आयामिक तरिकाबाट कार्य गर्दै थप सशक्त रूपमा काम कारबाही गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका थिए ।  

21 (2) आइजिपी थापाले नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरूसँग अन्तरक्रिया समेत गरेका थिए । थापा समक्ष जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले आ आफ्नो जिल्लाको बारेमा प्रस्तुतीकरण गरेका थिए भने १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सीले समग्र प्रदेशको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

प्रस्तुतीकरण पश्चात् आइजिपी थापाले थप निर्देशन दिँदै फरार अपराधीहरूको खोजतलास र पक्राउ गर्न, पुराना पेण्डिङ अपराधका मुद्दाहरूलाई प्राथमिकतामा राखी फर्छ्यौट गर्न र हिरासत व्यवस्थापन तर्फ विशेष ध्यान दिन साथै लागु औषध ओसार पसार रोकथाम तथा नियन्त्रण गर्न तर्फ विशेष चनाखो हुन र महिला तथा बालबालिका माथि हुने हरेक घटनालाई गम्भीरता पूर्वक लिन समेत निर्देशन दिएका थिए ।

साथै बर्षातको समय भएकोले बाढी, पहिरो डुबान लगायतका घटना हुने भएकोले उद्धार टोली र उद्धार सामाग्रीहरू सहित तयारी अवस्थामा रहन तथा कोरोनाको रोकथाम तथा नियन्त्रण तर्फ विशेष ध्यान दिई प्रहरी परिचालन गर्न समेत थापाले निर्देशन दिए ।

21 (1)

सम्बन्धित समाचारहरु

प्रहरी हेडक्वाटरद्धा ...

प्रहरी प्रधान कार्यालयले संखुवासभा जिल्लाको मादी हत्या प्रकरणमा सफल अनुसन्धान गर्ने प्रहरी अधिकारीहर ...

सङ्खुवासभाको सामूहिक ...

सङ्खुवासभाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आरोपमा एक पुरुषलाई पक्राउ गरिएको छ । सङ्खुवासभाको मा ...

सङ्खुवासभा सामूहिक ह ...

मनोज भुजेल- सङ्खुवासभाको सामूहिक हत्या प्रकरणमा परिचित व्यक्तिनै संलग्न हुन सक्ने आधारबाट प्रहरीले अ ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved