लुटपाट गर्ने हतियारधारी समूहलाई पक्राउ गर्ने प्रहरीहरू सम्मान

alt
  • श्रावण २५, २०७८
  • अपराध न्यूज

मोरङ सुन्दरहरैचा १० मा गत १ गते शिव पञ्चायन ज्वेलर्समा स्वचालित हतियारसहित लुटपाट गर्ने समूहलाई पक्राउ गरी कानुनको दायरामा ल्याउन सफल प्रहरीहरूलाई सम्मान गरिएको छ ।

सुन्दरहरैचा नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी ज्वेलर्स लुटपाट गर्ने समूहलाई पक्राउ गर्ने कार्यमा १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी अरुणकुमार बिसीसहित मोरङका एसपी जनार्दन जिसीलाई सम्मान गरिएको हो ।

यस्तै फरार लुटेरा समूहको खोज तलास तथा सफल अनुसन्धानको नेतृत्व गर्ने जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मञ्जील मुकारुङ र बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल लगायत प्रहरी समेतलाई सम्मान गरिएको थियो । सबै प्रहरीलाई सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत डा.कृष्णबहादुर घिमिरे लगायत जनप्रतिनिधिहरुले नगद पाँच हजारसहित सम्मान गरेका थिए । 

Manjil सम्मान कार्यक्रममा बोल्दै १ न. प्रदेश प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीले पछिल्ला घटना क्रमले प्रविधियुक्त अपराध हुन थालेको बताउँदै त्यस्ता अपराधको नियन्त्रण तथा अनुसन्धान गर्न प्रहरी समक्ष रहेको बताए । प्रविधिलाई माध्यम बनाएर गरिने अपराधलाई रोक्न प्रहरीसँगै नागरिक पनि सचेत हुनु पर्ने अवस्था आएको बिसीको भनाई थियो ।

कार्यक्रममा सई दुर्गा पोमु र प्रहरी जवान हेमराज तामाङलाई समेत सम्मान गरिएको थियो ।

सम्बन्धित समाचारहरु

प्रहरी हेडक्वाटरद्धा ...

प्रहरी प्रधान कार्यालयले संखुवासभा जिल्लाको मादी हत्या प्रकरणमा सफल अनुसन्धान गर्ने प्रहरी अधिकारीहर ...

सङ्खुवासभाको सामूहिक ...

सङ्खुवासभाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आरोपमा एक पुरुषलाई पक्राउ गरिएको छ । सङ्खुवासभाको मा ...

सङ्खुवासभा सामूहिक ह ...

मनोज भुजेल- सङ्खुवासभाको सामूहिक हत्या प्रकरणमा परिचित व्यक्तिनै संलग्न हुन सक्ने आधारबाट प्रहरीले अ ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved