गोली हानी भाइले गरे दाइको हत्या

alt
  • जेठ ३, २०७६
  • अपराध न्यूज

पर्साको जिराभवानीपुर गाउँपालिका– १, पलुवामा गोली प्रहार गरी भाइले दाइको हत्या गरेका छन्। 

३८ वर्षीय भाइ शेख सेरामुद्दिनले आफ्नै दाइ ४८ वर्षीय शेख फरुकलाई गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

घरायसी विवाद हुँदा भाइले दाइमाथि कटुवा पेस्तोलबाट गोली प्रहार गरेको प्रहरीको भनाइ छ। फारुकको छातीमा गोली लागेको थियो।

गोली प्रहारबाट गम्भीर घाइते फारुकलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो तर त्यहाँ उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएको थियो। उपचारका लागि काठमाडौंस्थित शिक्षण अस्पताल ल्याउने क्रममा उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचारहरु

सुटरलाई शरण दिइएको आ ...

भारत उत्तर प्रदेशको प्रयागराज शहरमा फ्रेब्ररी २४ तारिकमा उमेश पाल र उनका प्रहरी बडीगार्डको हत्यामा स ...

वेब सिरिज ‘फर्जी’ को ...

दुई महिना अघि मात्र रिलिज भएको हिन्दी वेब सिरिज फर्जी युवा माझ निकै लोकप्रिय बन्यो । नक्कली नोट बनाए ...

सुटर खोज्न भारत यूपी ...

मनोज भुजेल । छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको एउटा विशेष प्रहरीको टिम यति बेला नेपालमा छ । यूपी एस ...

सामाजिक संजाल

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved