झापा र मोरङमा महिलाको शव फेला

alt
  • असार ३१, २०७८
  • अपराध न्यूज

झापाको गौरादह नगरपालिका–१ गेउरियामा एक महिलाको शव फेला परेको छ । गेउरिया चोक नजिकै अन्दाजी ३९ वर्षीय सङ्गीता टुडु मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिए। प्रहरीका अनुसार बुधवार बेलुका श्रीमान् श्रीमती बिच झगडा भएको र हाल श्रीमान् फरार रहेकाले श्रीमानले नै सङ्गीताको हत्या गरेको हुनसक्ने माबोहाङले बताए ।

यस्तै मोरङको विराटनगरस्थित बसपार्क चोकमा सञ्चालित चिया पसलभित्र एक महिलाको शव फेला परेको छ । आज मध्यान्न चिया पसलभित्र घोप्टो परेको अवस्थामा ४० वर्षीय सीता राजवंशीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठका अनुसार घटनाको जानकारी पाए लगत्ते परिचालित प्रहरीले महिलाको शव पोस्टमार्टमका लागि विराटनगरकै कोसी अस्पताल पठाएर घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको छ ।

सम्बन्धित समाचारहरु

प्रहरी हेडक्वाटरद्धा ...

प्रहरी प्रधान कार्यालयले संखुवासभा जिल्लाको मादी हत्या प्रकरणमा सफल अनुसन्धान गर्ने प्रहरी अधिकारीहर ...

सङ्खुवासभाको सामूहिक ...

सङ्खुवासभाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आरोपमा एक पुरुषलाई पक्राउ गरिएको छ । सङ्खुवासभाको मा ...

सङ्खुवासभा सामूहिक ह ...

मनोज भुजेल- सङ्खुवासभाको सामूहिक हत्या प्रकरणमा परिचित व्यक्तिनै संलग्न हुन सक्ने आधारबाट प्रहरीले अ ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved