सुनसरीको स्याउ तस्करी प्रकरणमा एसएसपीको नेतृत्वमा छानबिन समिति गठन

alt
  • जेठ ३१, २०७८
  • अपराध न्यूज

सुनसरीको सीमा नाकाबाट भएको स्याउ तस्करी प्रकरणमा एसएसपीको नेतृत्वमा छानबिन समिति गठन भएको छ । सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसएसपी राजेन्द्र प्रसाद चौधरीको नेतृत्वमा ५ सदस्य छानबिन समिति गठन भएको हो । समितिमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिएसपी लक्ष्मी भण्डारी लगायत सदस्य छन् । समितिलाई ७ दिन भित्र यो प्रकरणको सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउन भनिएको छ ।

प्रदेश डिआइजीको सचिवालयले छानबिनको लागि औपचारिक पत्र समितिलाई पठाइसकेको छ । समितिको आइतबार नै गठन भई एसएसपीको नेतृत्वमा छानबिनको प्रक्रिया सुरु गरिएको प्रदेश प्रहरीका प्रवक्ता एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए । समितिले अब तिन ट्रक चिनिया स्याउ भारत तर्फ कसरी तस्करी भएको भन्ने विषयमा कारबाहीमा तानिएका प्रहरीका इन्चार्ज तथा प्रहरीसँग बयान लिने छ ।

यता सशस्त्र प्रहरीको नं.१ बराह बाहिनी मुख्यालय पकलीले पनि स्याउ तस्करीको प्रकरणमा एसएसपीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

हाल भारतको वीरपुर एरियामा तस्करीको स्याउ बरामद भएकाले सुनसरीको कोसी, श्रीपुर र भाण्टाबारी विओपीमा कार्यरत रही रातीको समयमा ड्युटीमा रहेका १५ जना सशस्त्र प्रहरीलाई समेत फिर्ता बोलाइएको छ । जसमा  बिओपीका प्रमुख प्रहरी निरीक्षकको हकमा समेत सोधपुछ तथा अनुसन्धान हुनेछ । सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनी मुख्यालय पकलीका डिआइजी वंशीराज दाहालले एसएसपीको नेतृत्वमा छानबिन समिति गठन भएको अपराध न्युजलाई जानकारी दिए । 

सीमाबाट तस्करी जन्य कुनै पनि सामान ओसार पसार हुनु गम्भीर विषय भएको भन्दै छानबिन गर्न निर्देशन दिएको उनले बताए । तस्करी मार्फत चाइनिज स्याउ लोड गरिएका तीन वटा ट्रक भारत वीरपुर क्षेत्रमा भारतीय प्रहरी र एसएसबीको टोलीले आइतबार बिहान नियन्त्रणमा लिएको थियो । भारतीय प्रहरीका अनुसार ट्रकमा १३ सय कार्टुन चाइनिज स्याउ फेला परेको थियो ।

यो पनि : 

सुनसरीमा स्याउ तस्करीको आरोपमा सई सहित तिन प्रहरी निलम्बन

 

सम्बन्धित समाचारहरु

दमकको महिला हत्या : ...

झापाको गौरादह नगरपालिका–१ गेउरियामा ३९ वर्षीय सङ्गीता टुडुको हत्यामा संलग्न श्रीमान् सजिलाल रि ...

झापा, मोरङ र सुनसरीम ...

नयाँ आर्थिक वर्षबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पाउने रासन भत्ता वृद्धि भएको छ । बजेटमार्फत स ...

सेनाको इटहरीस्थित पृ ...

साउन १ गतेबाट नेपाली सेना चार कमाण्डको संरचनामा गएको छ । संगठनलाई समयसापेक्ष पुनर्संरचना गर्दै जाने ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved