सुनसरीमा स्याउ तस्करीको आरोपमा सई सहित तिन प्रहरी निलम्बन

alt
  • जेठ ३१, २०७८
  • अपराध न्यूज

 

 

सुनसरीको स्याउ तस्करी प्रकरणमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले एक सईसहित तीन जना प्रहरीलाई निलम्बन गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।

प्रदेश प्रहरीले सीमा प्रहरी चौकी भाण्टाबारीका सई गङ्गा थापालाई निलम्बनको लागि केन्द्रीय कार्यालयलाई सिफारिस गरेको छ । यस्तै भाण्टाबारी मातहतमा रहेको अस्थायी प्रहरी चौकी कोसी कटानका इन्चार्ज असई आशनारयण माझी र श्रीपुर प्रहरी चौकीका इन्चार्ज असई टेकबहादुर कार्कीलाई निलम्बन गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

‘सङ्गठनको आचरण विपरीत काम गरेको पाइएपछि सीमा क्षेत्रमा खटिएका तीन जना प्रहरीलाई निलम्बन गरी अनुसन्धान भइरहेको छ,’ प्रदेश डिआइजी इश्वर कार्कीले भने, ‘निलम्बन गरिएका इन्चार्जको ठाउँमा १ नम्बर प्रदेश दंगा नियन्त्रण प्रहरी गण दुहबी र १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण रानीको प्रहरी टोली पठाएको छ ।’ भाण्टाबारी प्रहरी चौकीमा थापाको ठाउँमा गणबाट सई दीपक कार्कीलाई पठाएको छ । यस्तै कोसी कटान प्रहरी चौकीमा असई नवीन श्रेष्ठ, श्रीपुर प्रहरी चौकीमा सई वर्षकुमार राईलाई पठाएको छ ।

तीन वटा प्रहरी चौकीमा पुराना सबै प्रहरी हटाएर गणदेखि नयाँ टोली पठाइएको छ । यो प्रकरणमा निलम्बनमा परेका तीन जनासहित ३४ जना कारबाहीमा परेका हुन । सशस्त्र तर्फका १५ जना सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ ।

तस्करी मार्फत चाइनिज स्याउ लोड गरिएका तीन वटा ट्रक भारत वीरपुर क्षेत्रमा भारतीय प्रहरी र एसएसबीको टोलीले आइतबार बिहान नियन्त्रणमा लिएको थियो । भारतीय प्रहरीका अनुसार ट्रकमा १३ सय कार्टुन चाइनिज स्याउ फेला परेको थियो ।

सम्बन्धित समाचारहरु

दमकको महिला हत्या : ...

झापाको गौरादह नगरपालिका–१ गेउरियामा ३९ वर्षीय सङ्गीता टुडुको हत्यामा संलग्न श्रीमान् सजिलाल रि ...

झापा, मोरङ र सुनसरीम ...

नयाँ आर्थिक वर्षबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पाउने रासन भत्ता वृद्धि भएको छ । बजेटमार्फत स ...

सेनाको इटहरीस्थित पृ ...

साउन १ गतेबाट नेपाली सेना चार कमाण्डको संरचनामा गएको छ । संगठनलाई समयसापेक्ष पुनर्संरचना गर्दै जाने ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved