पाँचथरमा वृद्धको हत्या अनुसन्धानमा ‘ट्रयाकर’ डग लैला र पिकुको मद्धत

alt
  • जेठ ३०, २०७८
  • अपराध न्यूज

पाँचथरको फिदिम नगरपालिका ४ कुमाले टारका ८० वर्षीय वृद्ध टेकबहादुर इङ्वाको हत्यारा अनुसन्धानको लागि ट्रयाकर डग ‘लैला’ र ‘पिकु’ को मद्दत लिइएको छ ।

सङ्घीय प्रहरी इकाई कार्यालय धरानबाट सई दयानन्द श्रेष्ठको कमान्डमा लैला र पिकुलाई घटनास्थल लगिएको छ । कर्तव्य ज्यान जस्ता संम्वेदनशिल घटनाहरूमा अपराधी तथा प्रमाण पहिचान गर्न ट्रयाकर विधाको डग प्रयोग गरिन्छ।

 लैला र पिकुले घटना अनुसन्धानमा केही महत्त्वपूर्ण सुराक र शङ्कास्पद व्यक्ति पहिचान गराउन प्रहरीलाई मद्दत गरेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार वृद्धको हत्या अनुसन्धानको लागि लैला र पिकुको मद्दत लिएको जानकारी दिँदै घटना अनुसन्धानमा केही महत्त्वपूर्ण उपलब्धि भएको जानकारी दिए ।

इङ्वाको गए राती धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । उनको टाउको र शरीरमा चोट देखिएको छ। उक्त घरमा टेकबहादुर र उनकी ८४ वर्षीय श्रीमती कालिमाया मात्रै बस्ने गर्थे। टेकबहादुर सेवानिबृत्त भारतीय सेना हुन्।

Hatyaa

सम्बन्धित समाचारहरु

दमकको महिला हत्या : ...

झापाको गौरादह नगरपालिका–१ गेउरियामा ३९ वर्षीय सङ्गीता टुडुको हत्यामा संलग्न श्रीमान् सजिलाल रि ...

झापा, मोरङ र सुनसरीम ...

नयाँ आर्थिक वर्षबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पाउने रासन भत्ता वृद्धि भएको छ । बजेटमार्फत स ...

सेनाको इटहरीस्थित पृ ...

साउन १ गतेबाट नेपाली सेना चार कमाण्डको संरचनामा गएको छ । संगठनलाई समयसापेक्ष पुनर्संरचना गर्दै जाने ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved