८० वर्षीय वृद्धको धारिलो हतियार प्रयोग गरी हत्या

alt
  • जेठ ३०, २०७८
  • अपराध न्यूज

पाँचथरको फिदिम नगरपालिका ४ का ८० वर्षीय एक वृद्धको हत्या भएको छ । जोरसाल बजार नजिकैको कुमाल टारमा बसोबास गर्दै आएका टेकबहादुर इङ्वाको गए राती धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । 

उनको टाउको र शरीरमा गम्भीर चोट देखिएको छ। उक्त घरमा टेकबहादुर र उनकी ८४ वर्षीय श्रीमती कालिमाया मात्रै बस्ने गर्थे। टेकबहादुर सेवानिबृत्त भारतीय सेना हुन्। आइतबार बिहान बाबु आमालाई भेट्न भनेर आउँदा बाबुको हत्या भएको थाहा पाएको कान्छी बुहारी रिता इङ्वाले जानकारी दिइन्।

टेकबहादुरका दुई छोरा र तीन छोरी छन्। छोरा बुहारी फिदिम-२ मा बस्दै आएका छन्। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

सम्बन्धित समाचारहरु

दमकको महिला हत्या : ...

झापाको गौरादह नगरपालिका–१ गेउरियामा ३९ वर्षीय सङ्गीता टुडुको हत्यामा संलग्न श्रीमान् सजिलाल रि ...

झापा, मोरङ र सुनसरीम ...

नयाँ आर्थिक वर्षबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पाउने रासन भत्ता वृद्धि भएको छ । बजेटमार्फत स ...

सेनाको इटहरीस्थित पृ ...

साउन १ गतेबाट नेपाली सेना चार कमाण्डको संरचनामा गएको छ । संगठनलाई समयसापेक्ष पुनर्संरचना गर्दै जाने ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved