धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

alt
  • जेठ २८, २०७८
  • अपराध न्यूज

इलामको देउमाई नगरपालिका–४ चित्रेका ताक बहादुर तामाङ श्रीमती हत्याको आरोपमा पक्राउ परेका छन्। घरायसी विवादमा ताक बहादुरले धारिलो हतियार (दाउ)ले ४६ वर्षीय ताक मायाको घाँटी काटी हत्या गरेका थिए ।  

हत्याका आरोपी तामाङलाई इलाका प्रहरी कार्यालय मङ्गलबारेबाट प्रहरी निरीक्षकको कमान्डको टालीले तत्काल पक्राउ गरेको हो । प्रहरीले हत्यामा प्रयोग गरेको धारिलो हतियारसहित तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी लालध्वज सुवेदीले जानकारी दिए।

तामाङ भोजपुरको ओखरे घर भई एक वर्षदेखि इलाम बस्दै आएका थिए। 

सम्बन्धित समाचारहरु

दमकको महिला हत्या : ...

झापाको गौरादह नगरपालिका–१ गेउरियामा ३९ वर्षीय सङ्गीता टुडुको हत्यामा संलग्न श्रीमान् सजिलाल रि ...

झापा, मोरङ र सुनसरीम ...

नयाँ आर्थिक वर्षबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पाउने रासन भत्ता वृद्धि भएको छ । बजेटमार्फत स ...

सेनाको इटहरीस्थित पृ ...

साउन १ गतेबाट नेपाली सेना चार कमाण्डको संरचनामा गएको छ । संगठनलाई समयसापेक्ष पुनर्संरचना गर्दै जाने ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved