अत्यधिक रक्तस्राव भएकी सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

alt
  • जेठ २८, २०७८
  • अपराध न्यूज

अत्यधिक रक्तस्राव भएकी सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ। सङ्खुवासभाको सिलिचोङ गाउँपालिका –४ की सुत्केरी २६ वर्षीय मुना विश्वकर्माको हेलिकप्टरबाट उद्धार गरिएको हो। जिल्ला अस्पताल सङ्खुवासभामा उपचार हुन नसकेपछि अस्पताल प्रशासनको पहलमा थप उपचारका लागि हेलिकप्टरमार्फत काडमाडौंको थापाथली प्रसूति गृहमा पठाइएको जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले जानकारी दिए।

अत्यधिक रक्तस्राव हुन थालेपछि शुक्रवार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरी विश्वकर्मालाई उद्धार गरिएको हो। अत्यधिक रक्तस्राव भएपछि उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए।

बुधवार जिल्ला अस्पताल सङ्खुवासभामा सुत्केरी हुन भर्ना भएकी विश्वकर्माको अप्रेसनमार्फत बच्चा निकालिएको थियो। यस अघि पनि तीन पटक अप्रेसन भएको र पुन अप्रेसन गर्दा विश्वकर्माको पाठेघरमा समस्या भएर अत्यधिक रक्तस्राव भएको अप्रेसनमा संलग्न डाक्टर दीपेन्द्र कुमार शाहले जानकारी दिए।

डाक्टर शाहले २६ वर्षीय विश्वकर्माको यो आठौँ बच्चा हो। अत्यधिक रक्तस्राव भएर रगत नरोकिए पछि आमा र बच्चा दुवैको अवस्था जटिल हुन थालेपछि प्रसूति गृहमा पठाइएको गरेको उनले बताए। 

सम्बन्धित समाचारहरु

दमकको महिला हत्या : ...

झापाको गौरादह नगरपालिका–१ गेउरियामा ३९ वर्षीय सङ्गीता टुडुको हत्यामा संलग्न श्रीमान् सजिलाल रि ...

झापा, मोरङ र सुनसरीम ...

नयाँ आर्थिक वर्षबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पाउने रासन भत्ता वृद्धि भएको छ । बजेटमार्फत स ...

सेनाको इटहरीस्थित पृ ...

साउन १ गतेबाट नेपाली सेना चार कमाण्डको संरचनामा गएको छ । संगठनलाई समयसापेक्ष पुनर्संरचना गर्दै जाने ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved