प्रदेश सुरक्षा समितिको बैठक : ३ जिल्लामा निषेधाज्ञा अत्यन्त कडा बनाउन निर्देशन

alt
  • जेठ १, २०७८
  • अपराध न्यूज

१ नं. प्रदेशको सुनसरी, मोरङ र झापामा अत्यन्त कडा निषेधाज्ञा कार्यान्वयन गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइएको छ । तिनै जिल्लामा शनिवार देखी जेठ १५ गतेसम्म पूर्ण निषेधाज्ञा कार्यान्वयन गराउन आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश १ ले सुरक्षाकर्मीलाई निर्देशन दिएको हो । शुक्रवार बसेको प्रदेश सुरक्षा समितिको बैठकले तिन जिल्लामा कोरोनाको दोस्रो भेरियन्टको सङ्क्रमण र मृत्यु दर बढ्न सक्ने पूर्वानुमान गदै एकै प्रकृतिको निषेधाज्ञा कार्यान्वयन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको जनाइएको छ ।

यस्तै निषेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेनालाई पनि सीमित सङ्ख्यामा परिचालन गर्ने भएको छ । निषेधाज्ञा पालना गराउन जिल्लाका सबै सहरमा जनचेतना जगाउने र माइकिङ गर्ने काममा सेना परिचालन हुनेछ । तिनै जिल्लामा निषेधाज्ञा पालनामा सर्वसाधारणले अटेर गरेको प्रदेश सुरक्षा समितिको निष्कर्ष छ । निषेधाज्ञा पालना गराउन कुनै कसर बाँकी नराख्न सुरक्षाकर्मी र प्रजिअलाई आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले निर्देशन दिनुभएको आन्तरिक मन्त्रालयका सचिव राजेन्द्र कुमार पौडेलले अपराध न्युजलाई जानकारी दिनुभयो । बैठकमा अन्य जिल्लाका सुरक्षा प्रमुख र प्रजिअ समेत उपस्थित हुनुहुन्थ्यो, तर विशेष जोड सुनसरी, मोरङ र झापा जिल्ला गरिएको थियो" पौडेलले भने "अब तिन जिल्लामा निषेधाज्ञा कार्यान्वयनमा अत्यन्त कडा हुनेछ ।

जिल्ला जोड्ने सीमा नाकामा सुरक्षाकर्मी थप गरेर भए पनि एक जिल्लाबाट अर्को जिल्ला आवत जावत गर्न समेत कडाइ गरिने पौडेलले बताउनुभयो । अब निषेधाज्ञा अवज्ञा गर्ने विरुद्ध कानुनी कारबाहीमा समेत जोड दिइने बैठकबाट निर्णय भएको छ । यस्तै बैठकबाट प्रदेश १ मा अक्सिजन अभाव हुन नदिन मन्त्रालयबाट कार्यदल गठन गर्ने निर्णय भएको छ । प्रदेशमा रहेका कोभिड अस्पतालमा अक्सिजन अभाव हुन नदिन उघोगीहरुलाई संलग्न गराई कार्यदल गठन गर्ने जनाइएको छ ।

Aantarik_Manअक्सिजनको लागि आवश्यक सिलिन्डर अभाव हुन नदिन बजारमा प्रहरी र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोली अनुगमनमा खटिन समेत निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । बैठकले अन्य केही महत्त्वपूर्ण निर्णय समेत गरेको सचिव पौडेलले बताउनुभयो । बैठकमा १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, नेपाली सेना र जिल्लाका सबै प्रमुख जिल्ला अधिकारीको उपस्थिति थियो ।

१ महिनासम्म कैद

निषेधाज्ञा आदेशलाई उल्लङ्घन गर्ने व्यक्ति उपर सङ्क्रामक रोग ऐन, २०२० अन्तर्गत भए गरेको कसुरमा १ महिनासम्म कैद वा १ सय रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । यो ऐन अन्तर्गत काममा बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद वा ६ सय सम्म जरिबाना वा दुवै सजाय हुने जनाइएको छ ।

सम्बन्धित समाचारहरु

सुनसरीको स्याउ तस्कर ...

सुनसरीको सीमा नाकाबाट भएको स्याउ तस्करी प्रकरणमा एसएसपीको नेतृत्वमा छानबिन समिति गठन भएको छ । स ...

सुनसरीमा स्याउ तस्कर ...

    सुनसरीको स्याउ तस्करी प्रकरणमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले एक सईसहित त ...

पाँचथरमा वृद्धको हत् ...

पाँचथरको फिदिम नगरपालिका ४ कुमाले टारका ८० वर्षीय वृद्ध टेकबहादुर इङ्वाको हत्यारा अनुसन्धानको लागि ट ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved