बलात्कार आरोपी गाउँपालिका अध्यक्षलाई जोगाउन पिडितको आमा नै लागेपछि...

alt
  • बैशाख ३१, २०७८
  • अपराध न्यूज

सुनसरीको भोक्राहानरसिंह गाउँपालिका अध्यक्षमाथि किशोरी बलात्कारको आरोपमा आर्थिक चलखेल भएको आशङ्का गरिएको छ । धरानस्थित डुकु होटेलमा होटेलमा लगेर १७ वर्षीय छोरीमाथि गाउँपालिका प्रमुख महेन्द्रप्रसाद यादवले बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी आमा नै पिडकलाई जोगाउन पीडित किशोरीकी आमा नै अदालत पुगेकी छन् । किशोरीकी आमाले मङ्गलवार उच्च अदालत विराटनगरमा अध्यक्षको पक्षमा बन्दी प्रत्यक्षीकरण रिट दायर समेत गरिन ।

तर उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश मिलनकुमार राईको संयुक्त इजलासले बिहीबार सुनुवाइ गर्दै रिट भने खारेज गरिदिएको छ । प्रतिवादी गाउँपालिका प्रमुख यादवलाई न्यायिक हिरासतमा नै राखेको ठहर गर्दै अदालतले अधिवक्ता रमेश प्रसाईँमार्फत मङ्गलवार दायर भएको रिट खारेज गरिदिएको हो ।

बलात्कार घटनाका पीडकलाई बचाउन बन्दी प्रत्यक्षीकरण रिट दायर हुनुमा आर्थिक चलखेल भएको हुनसक्ने अनुमान कानुनका जानकारहरूको छ । गाउँपालिका अध्यक्षका तर्फबाट आर्थिक चलखेल भएपछि रिट दायर भएको प्रहरी स्रोतको समेत दाबी छ  । छोरीमाथि बलात्कारको आरोप लगाएर प्रहरीले गैर न्यायिक हिरासतमा राखेको भन्दै गाउँपालिका प्रमुखको रिहाइको माग राखेर रिट दायर गरेको थियो । रिट दायरमा अनुसन्धानकर्ता प्रहरी, सरकारी वकिल कार्यालय र जिल्ला अदालत सुनसरीलाई विपक्षी बनाइएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीले भने घटनाको अनुसन्धान पूरा गरेर त्यसको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । वकिल कार्यालयले अभियोग पत्र तयार पारेर आगामी आइतबार यादवविरुद्ध जिल्ला अदालत सुनसरीमा जबरजस्ती करणी मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

रिट निवेदन दिने महिला पीडित किशोरीकी आफ्नी आमा भने हैनन् । उनी कान्छी आमा हुन् । सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले बालिकामाथि गाउँपालिका प्रमुखबाट बलात्कार भएको घटनाको अनुसन्धान सकिएको बताए । ‘प्रहरीबाट अनुसन्धानको काम सकेर मिसिल सरकारी वकिल कार्यालयमा बुझाइसकिएको छ,’ उनले भने, ‘पीडितकी आमाले नै दिएको जाहेरीका आधारमा प्रहरीले मुद्दाको अनुसन्धान अघि बढाएको हो ।’ एसपी थापाका अनुसार पीडित बालिकाले समेत आफूमाथि बलात्कार भएको भनेर बयान दिएकी छन् । किशोरीकी आमाले किटानी जाहेरी र रिट निवेदनमा छोरीको उमेर अलगअलग उल्लेख गरेकी छन् । जाहेरीमा १७ वर्षीय भने उमेर खुलाएकी उनले रिट निवेदनमा १९ वर्ष भनेर उल्लेख गरेकी हुन् ।

१९ वर्षीय छोरी साथीसँग खाजा खानका लागि धरान गएको अवस्थामा अध्यक्षसँग भेट भए पनि करणी नगरेको दाबी निवेदनमा उनले गरेकी छन् ।

सम्बन्धित समाचारहरु

सुनसरीको स्याउ तस्कर ...

सुनसरीको सीमा नाकाबाट भएको स्याउ तस्करी प्रकरणमा एसएसपीको नेतृत्वमा छानबिन समिति गठन भएको छ । स ...

सुनसरीमा स्याउ तस्कर ...

    सुनसरीको स्याउ तस्करी प्रकरणमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले एक सईसहित त ...

पाँचथरमा वृद्धको हत् ...

पाँचथरको फिदिम नगरपालिका ४ कुमाले टारका ८० वर्षीय वृद्ध टेकबहादुर इङ्वाको हत्यारा अनुसन्धानको लागि ट ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved