नक्कली ‘रेम्डेसिभिर’ धन्दा : ९० रुपैयाँको औषधीलाई ८ हजारसम्म बिक्री

alt
  • बैशाख २५, २०७८
  • अपराध न्यूज

‘रेम्डेसिभिर’ भन्दै नक्कली औषधि बेचेको आरोपमा प्रहरीले शुक्रबार विराटनगरबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नोबेल अस्पताल अगाडिको साथी मेडिकलका सञ्चालक विराटनगर १० का सोनु आलम र विराटनगर–१६ रानीका श्रवणकुमार यादव पक्राउ परेका छन् । रेम्डेसिभिर कोरोना संक्रमित सिकिस्त बिरामीका लागि प्रयोग हुँदै आएको औषधि हो ।

तर गिरोहले ९० रुपैयाँ पर्ने एन्टिबायोटिक इन्जेक्सनको बोतलमा रेम्डेसिभिरको लेभल लगाएर बिक्री गर्ने गरेको पुष्टि भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए। 

उनका अनुसार एन्टिबायोटिक र रेम्डेसिभिरको बोतलको साइज (आकार) एउटै हुन्छ। त्यसको फाइदा उठाउँदै गिरोहले स्टिकर लगाएर रेम्डेसिभिरसँग ठ्याक्कै मिल्ने गरी तयार पारेर बिक्री गर्दै जीवनमरणको दोसाँधमा छटपटाइरहेका संक्रमितको जीवनलाई थप जोखिममा पार्ने काम गरिरहेको खड्काले बताए। उनका अनुसार नयाँ लेबल लगाएपछि एन्टिबायोटिकका बोतल पनि रेम्डेसिभिरजस्तै देखिन्छ। 

‘वीरगञ्जमा उत्पादन हुने ‘स्टासेफ’ नामक एन्टिबायोटिक इन्जेक्सनको बट्टा र बोतलमा नयाँ लेबल लगाउँदै नक्कली रेम्डेसिभिर तयार पारेर बिक्री गर्ने गरेको पाइयो,’ एसपी खड्काले भने, ‘यो गिरोहले नक्कली रेम्डेसिभिरलाई प्रति भायल न्यूनतम आठ हजार रुपैयाँसम्ममा बिक्री गरिरहेको देखिन्छ।’ नक्कली स्टिकर भने भारतको पटनाबाट ल्याउने गरेको पाइएको छ। यो गिरोहको सञ्जाल विराटनगरमा ठूलै रहेको पाइएको उनको भनाइ छ। 

प्रहरीका अनुसार होटल भाडामा लिएर गिरोहले यो धन्दा चलाइरहेको पाइएको छ। यो गिरोहले विराटनगरको होटल भिन्तुनामा कोठा भाडामा लिएर भण्डारण गरेको नक्कली रेम्डेसिभिर पनि प्रहरीले बरामद गरेको छ। 

एसपी खड्काले पक्राउ परेको गिरोहले व्यक्तिलाई मात्रै कि संस्थालाई पनि नक्कली रेम्डेसिभिर बिक्री गरेको छ भन्ने विषयमा पनि अनुसन्धान भइरहेको जनाए।

 

सम्बन्धित समाचारहरु

सुनसरीको स्याउ तस्कर ...

सुनसरीको सीमा नाकाबाट भएको स्याउ तस्करी प्रकरणमा एसएसपीको नेतृत्वमा छानबिन समिति गठन भएको छ । स ...

सुनसरीमा स्याउ तस्कर ...

    सुनसरीको स्याउ तस्करी प्रकरणमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले एक सईसहित त ...

पाँचथरमा वृद्धको हत् ...

पाँचथरको फिदिम नगरपालिका ४ कुमाले टारका ८० वर्षीय वृद्ध टेकबहादुर इङ्वाको हत्यारा अनुसन्धानको लागि ट ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved