बिहीबार इटहरीमा सडक आश्रित युवाको हत्या आशङ्कामा दुई जना व्यक्ति पक्राउ परेका छन् । इटहरी ६ स्थित टेङ्ग्रा खोलाको किनारमा अन्दाजी २६_२७ उमेरको युवाको भारी बस्तुले अनुहार र टाउकोमा प्रहार गरी हत्या भएको अवस्थामा शव फेला परेको थियो । इलाका प्रहरी कार्यालय इटहरीले ती युवकको हत्या आशङ्कामा सडक आश्रित दुई जना युवालाईनै बिहीबार अनुसन्धानको लागि नियन्त्रणमा लिइएको हो ।
प्रहरी अनुसन्धानको क्रममा दुई जना मध्ये एक जना मात्र हत्यामा संलग्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ती युवकले मादक पदार्थ सेवन गरेको विषयमा मृतक र आफूबिच विवाद भएको र हात हालाहाल हुँदा टाउकोमा ईटा प्रहार गरी हत्या गरेको स्विकार गरेको प्रहरी स्रोतले जनाएको छ।
इटहरीका डिएसपी अर्जुन केसीले पनि हत्यामा संलग्न एक जना पक्राउ गरेको र शनिवारसम्म घटनाको सम्पूर्ण सत्यतथ्य बाहिर ल्याउने अपराध न्युजलाई जानकारी दिए । यता मृतकको अहिलेसम्म पहिचान हुन सकेको छैन । उनको दाहिने हातमा दुखी राई लेखिए पनि औपचारिक रूपमा सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved