संखुवासभाको जिल्ला अदालत चैनपुरले बलात्कार गरेको कसुरमा एक युवकलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको छ।शारिरिक अपांगता भएकी महिलालाई बलात्कार गरेको कसुरमा अदालत संखुवासभाले भोटखोला गाउँपालिका–४ का २५ वर्षीय लेवा भोटेलाई कैद सुनाएको हो।
जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको वैशाख २२ गतेको इजलासले कसुर ठहर गर्दै भोटेलाई आठ वर्ष कैद सजाय सुनाएको अदालतका श्रेस्तेदार डिल्ली प्रसाईले जानकारी दिए।
कैदसँगै २ लाख रुपैयाँ जरिवाना र २५ हजार रुपियाँ क्षतिपूर्ति भराउन र १३ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न आदेश भएको अदालतका श्रेस्तेदार प्रसाईले बताए।
बलात्कार गरेको आरोपमा गत माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved