ताप्लेजुङमा बुहारीको बीभत्स हत्यापछि ससुराले गरे आत्महत्या

alt
  • चैत्र १५, २०७७
  • अपराध न्यूज

मृत फेला परेकी ताप्लेजुङ पाथीभरा याङवरका–३ तिरिङ्गेकी ३६ वर्षीया विमला डाँगी बस्नेतको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ । बुधबार बेलुका उनको शव फेला परेको थियो । उनको काका ससुरा नाता पर्ने ३७ वर्षीय घनश्याम बस्नेतले हत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक मोहन पोखरेलले बताए । घनश्यामले हत्या गरेको व्यहोरासहितको विमलाका श्रीमान् रामकुमार बस्नेतले दिएको जाहेरी प्रहरीले शुक्रबार दर्ता गरेको छ ।

छिमेकीसमेत रहेका घनश्यामले डालेघाँस काटिदिन्छु लिन आउनु भनी घरदेखि तीन सय मिटर दक्षिणपूर्वमा लगी बीभत्स हत्या गरेको जाहेरीमा उल्लेख छ ।

घनश्याम पनि घाँटीमा पासो लगाएर रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । विमलाको हत्या भएको ८ सय मिटरमाथि उनको शव भेटिएको थियो । बुहारीको हत्यापछि आत्महत्या गरेको हुन सक्ने अनुमान प्रहरीको छ । विमला सासू, ससुरा र १३ वर्षीय छोरासँग बस्दै आएकी थिइन । श्रीमान् ट्रक चालक श्रीमान् झापामा बस्छन् । विमलाको शव अलैंची बगानमा घाँटीमा डोरीले कसेर फालेको अवस्थामा भेटिएको थियो ।

सम्बन्धित समाचारहरु

प्रदेश सुरक्षा समिति ...

१ नं. प्रदेशको सुनसरी, मोरङ र झापामा अत्यन्त कडा निषेधाज्ञा कार्यान्वयन गर्न सुरक्षाकर्मीलाई निर्देश ...

सेनाकाे हेलिकोप्टरबा ...

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाबाट एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। माप्यदुधकोशी ...

९ वर्ष अघि हत्या भएक ...

जिल्ला प्रहरी कार्यालय मोरङ्गले हत्या गरिएको अवस्थामा फेला परेकी महिलाको पहिचानका लागि सुचना सार्वजन ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved