ताप्लेजुङमा पासो लगाएर भुईँमा लडेको अवस्थामा महिलाको शव फेला

alt
  • चैत्र १२, २०७७
  • अपराध न्यूज

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेमा महिलाको शव भेटिएको छ। नानीलाई विद्यालय पुर्‍याउन हिँडेकी ३१ वर्षीय बिमला डाँगी बस्नेतको शव भेटिएको हो। 
बुधबार बिहान नानीलाई विद्यालय पुर्‍याउन हिँडेकी बस्नेतलाई बेलुका ९ बजे स्थानीयले मृत भेटेका थिए।  

घाँटीमा पासो लगाएको अवस्थामा भुईंमा शव रहेको स्थानीय दिपक बस्नेतले जानकारी दिए। टाढाबाट हेर्दा शरिरभरी निलडाम देखिएको उनले बताए। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख बालनरसिंह राणाको टोली पुगेको छ। 

‘म भर्खरै घटनास्थल आइपुगेँ। अनुसन्धान सुरु गरेका छौं,’ राणाले भने, ‘अहिल्यै थप भन्न सक्ने अवस्था छैन।’ स्थानीयका अनुसार बुधबारै दिउँसो १२ बजेदेखि बिमलाका जेठाजु नाताका घनश्याम बस्नेत पनि बेपत्ता भएका छन्। मृतकका श्रीमान कुमार बस्नेत झापामा बस्दै आएका छन्। 

सम्बन्धित समाचारहरु

सुटरलाई शरण दिइएको आ ...

भारत उत्तर प्रदेशको प्रयागराज शहरमा फ्रेब्ररी २४ तारिकमा उमेश पाल र उनका प्रहरी बडीगार्डको हत्यामा स ...

वेब सिरिज ‘फर्जी’ को ...

दुई महिना अघि मात्र रिलिज भएको हिन्दी वेब सिरिज फर्जी युवा माझ निकै लोकप्रिय बन्यो । नक्कली नोट बनाए ...

सुटर खोज्न भारत यूपी ...

मनोज भुजेल । छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको एउटा विशेष प्रहरीको टिम यति बेला नेपालमा छ । यूपी एस ...

सामाजिक संजाल

अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2023 - Aparadh News All rights reserved