कोरोनाको दोस्रो लहर : सीमामा उच्च सतकर्ता बढाउन प्रदेश प्रहरीको निर्देशन

alt
  • चैत्र ११, २०७७
  • अपराध न्यूज

केही दिनयता देशभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि १ नम्बर प्रदेशमा सुरक्षा सतकर्ता बढाइएको छ । प्रदेशको सुनसरी, मोरङ, झापा र इलाम जिल्लाका भारतीय सिमामा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले पहिले झैँ सुरक्षा सतकर्ता अपनाउन मातहतका प्रहरी कार्यालयहरूलाई निर्देशन गरेको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रवक्ता डिएसपी विपिन रेग्मीका अनुसार सीमा क्षेत्रमा प्रहरीको सबै युनिटलाई अलर्ट गरिएको र दोस्रो देशबाट आउनेहरूलाई नेपाल प्रवेश गर्न झनै कडाइ गरिएको जानकारी दिए । रेग्मीका अनुसार सीमा क्षेत्रमा कार्यरत प्रहरी युनिटलाई बिदा नबस्न र बिदा बसेकाहरूलाई तत्काल आफ्नो कार्यक्षेत्रमा आउन भनिएको छ ।

अपराध न्युजसँग कुरा गदै डिएसपी रेग्मीले सीमाबाट नेपाल प्रवेश गर्नेहरूलाई अनिवार्य पिसिआर रिर्पाेट पेस गरेर मात्र नेपाल प्रवेश गर्न दिन सुरक्षाकर्मीलाई निर्देशन दिएको बताए ।

"कोरोनाको सङ्क्रमण बढेको हो कि भन्ने अवस्था देखिएको छ" उनले भने "हामीले हदैसम्मको सुरक्षा सतकर्ता अपनाउन भनेका छौ ।" चोर बाटोबाट नेपाल प्रवेश गर्ने कार्यलाई निगरानी बढाएको अवस्था छ । प्रहरी स्वयमलाई सचेत र सावधानी अपनाएर काम गर्न भनेका छौ ।

साथै सम्बन्धित जिल्ला प्रशासन कार्यालयको पहलमा नाकाहरूमा हेल्थ डेस्क राख्ने तयारी भइरहेको रेग्मीको भनाई छ अहिले भारतका विभिन्न प्रदेशमा कोरोनाको सङ्क्रमण ह्वातै बढेपछि नेपालीहरू धमाधम फर्किन थालेका छन्। नेपालबाट पनि भारत आउजाउ गर्ने क्रम उस्तै छ।

विभिन्न नाकामा भारतबाट फर्किने नेपालीको एन्टिजेन परीक्षण गर्न थालिएको छ। कतै स्वास्थ्य जाँचपछि मात्रै प्रवेश गर्न दिइन थालेको छ। प्रदेश १ का मुख्य दुई नाकामध्ये रानी–जोगबनी बन्द प्रायः छ। तर, काँकडभिट्टा–पानीट्यांकीबाट बाक्लो आउजाउ चलिरहेको छ। सरकारले एक महिनाअघि अनलाइन फारम भरेपछि भारतीयलाई प्रवेश गर्न दिने नियम बनाएको थियो। रानी–जोगबनीबाट सोही नियममा रही दैनिक १०–१२ जना मात्र आवतजावत गर्छन्। तर, हजारौँले चोर बाटो रोज्ने गरेका छन्।

सम्बन्धित समाचारहरु

प्रदेश सुरक्षा समिति ...

१ नं. प्रदेशको सुनसरी, मोरङ र झापामा अत्यन्त कडा निषेधाज्ञा कार्यान्वयन गर्न सुरक्षाकर्मीलाई निर्देश ...

सेनाकाे हेलिकोप्टरबा ...

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाबाट एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। माप्यदुधकोशी ...

९ वर्ष अघि हत्या भएक ...

जिल्ला प्रहरी कार्यालय मोरङ्गले हत्या गरिएको अवस्थामा फेला परेकी महिलाको पहिचानका लागि सुचना सार्वजन ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved